Sajhamanch Archive

दमकमा आत्महत्या न्यूनीकरण सम्बन्धी गोष्ठि

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by .

दमक । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कानुनी रुपले मात्र आत्महत्या न्यूनीकरण नहुने भएकोले आत्महत्या न्यूनीकरणका लागि समाज नै लाग्नुपर्नेे बताएका छन् ।

आज जिल्ला प्रहरी कार्यालय झापाले दमकका आयोजना गरेको आत्महत्या रोगथाम सचेतना कार्यक्रमको उद्घाटन पछि आफ्नो मन्तव्यका क्रममा रिजालले यस्तो बताएका हुन् ।

‘हरेक वर्ष आत्महत्याका घटना बढिरहेका छन्, यसलाई न्यूनीकरण गर्नका लागि नै यस्तो चेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो । आज देशभर यस्तो कार्यक्रम भइरहेका छन् । यसलाई न्यूनीकरण गर्न सबैले आआफ्नो क्षेत्रबाट लाग्नु पर्छ’ प्रजिअ रिजालले बताएका छन् ।

उनले थपे, ‘झापा जिल्ला पनि आत्महत्या गर्ने जिल्लाहरु मध्ये उच्च स्थानमा पर्दछ । यहाँ हरेक वर्ष आत्महत्याका घटना बढिरहेको तथ्याङ्क छ । जब मानिसमा निराशापन आउँछ, उसले अरु कुनै विकल्क नदेखेपछि हात्महत्या गर्ने गरेको पाइन्छ ।’

सो कार्यक्रममा मन्तब्य राख्दै दमक नगरपालिकाका प्रमुख राम थापाले भने, ‘सबैले आफ्नो जिम्मेवारी सम्झिएर काम गर्ने बेला आएको छ । यदि आत्महत्यालाई बेवास्ता गर्ने हो भने भोलिको दिनमा झापामा मात्र होइन देश मै भयाभह स्थिति आउन सक्छ । आत्महत्या जस्तो कार्यलाई न्यूनीकरण गर्नका लागि सबैको दायित्व उत्तिकै हुन्छ ।’

सो कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले नेपालमा आत्महत्याको अवस्थाका बारेमा तथ्याङ्कसहित प्रकाश पारेका थिए । ‘विश्वमा वार्षिक ८ लाख भन्दा बढीले आत्महत्या गर्छन्’ प्रनाउ गिरीले भने, ‘नेपालमा वार्षिक ६ हजारभन्दा बढीले आत्महत्या गर्ने गरेको पाइन्छ ।’

प्रनाउ गिरीले भने, ‘लिंगको आधारमा गणना गर्दा पुरुष ३९ प्रतिशत र महिला ६१ प्रतिशतले आत्महत्या गर्छन्, तीमध्ये झुण्डिएर ८९ प्रतिशत र अन्य प्रयासबाट ११ प्रतिशत मानिसले आत्महत्या गर्ने गरेका छन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *