Sajhamanch Archive

सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक उत्सवमा रक्तदान

Published: in अर्थतन्त्र, समाज, स्वास्थ्य by .

बिर्तामोड । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बिर्तामोड शाखाले आफ्नो ५औं वार्षिक उत्सवको अवसरमा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बिर्तामोडको भद्रपुर रोडस्थित आफ्नै कार्यालयमा भएको कार्यक्रममा १ महिलासहित १६ जनाले रक्तदान गरेका छन् । उनीहरुलाई रक्तदाता प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

झापामा अहिले भइरहेको रगतको अभावलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको बिर्तामोडका शाखा प्रमुख इन्द्र कुमार श्रेष्ठ (बिकास)ले जानकारी दिए ।

कम्पनीका सहायक महाप्रबन्धक तुलसीनाथ पौडेलसहित अभिकर्ताहरुको उपस्थितिमा रक्तदान कार्यक्रम भएको थियो । कार्यक्रममा रेडक्रस झापाको प्राविधिक सहयोग रहेको वरिष्ठ एजेन्सी मेनेजर रुद्रप्रसाद निरौलाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *