प्रतिनिधि सभा सदस्यमा झापा क्षेत्र नम्बर ४ मा राईले स्वतन्त्र उम्मेद्वारी दिने
Published:
by .शिवसताक्षी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ४ मा नन्दराज राईले स्वतन्त्र उम्मेद्वारी दर्ता गर्ने बताएका छन् । आज पत्रकार सम्मेलन गरी आफू प्रतिनिधि सभाको उम्मेद्वार बन्ने उनले जानकारी गराएका हुन् ।
राजनीतिलाई विकास, जनताको समृद्धि, स्थिरता, शान्ति र निकाससम्म जोड्नका लागि पटक पटक शक्तिमा पुगेका दलका नेताहरुले नसकेका कारण त्यसलाई पूरागर्न आफूले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेको उनको दावी छ ।
शिवसताक्षी नगरपालिका वडा नं. ८ का स्थाइी बासिन्दा उनले २०३७ सालमा अर्थशास्त्रमा एमएसम्मको अध्यायन पूरा गरेको बताउँछन् । अहिलेसम्म कुनै राजनीतिक दलमा आवद्ध नभएको जिकिर गर्दै उनले विभिन्न सामाजिक संघ–संस्थामा आवद्ध भएर समाज परिवर्तका लागि धेरै काम गरेको दावी गरेका छन् ।
भ्रष्टाचार, ढिलासुस्ती लगायतका बेथितीलाई अन्त्य गर्न आफ्नो उम्मेद्वारी रहने राईको भनाई छ ।
Comments