इलाममा सूर्यरत्न बचत तथा ऋण सहकारी जन्मियो, अध्यक्षमा चापागाईं
Published:
by .इलाम । सूर्यरत्न बचत तथा ऋण सहकारी संस्था इलामको प्रारम्भिक साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । ११० जना सेयर सदस्य रहेको सहकारीको अधिवेशन सूर्यरत्नको परिकल्पनाकार इलाम नगरपालिका निवर्तमान प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो ।
साधारणसभामा इलाम नगरपालिका सहकारी शाखा प्रमुख कमल भण्डारी र राष्ट्रिय सहकारी बैंकका प्रबन्धक मनोज लामिछाने लगायत सहकारी अभियन्ता उदयबहादुर राई, रवीन्द्र सुवेदी, केदार सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।
साधारणसभाले संस्थाको आर्थिक, नीतिगत तथा भावी कार्ययोजना पास गर्दे आगामी चार वर्षे कार्यकालका लागि निम्नानुसारको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्मत निर्वाचन गरिएको संस्थामा आवद्ध खेमसागर खनालले जनाएका छन् ।
संस्थाको अध्यक्षमा दिपेन्द्र चापागाईं चयन भएका छन् भने उपाध्यक्षमा चित्रमाा गुरुङ, सचिवमा प्रकाश घिमिरे, सहसचिवमा मनकुमार बराइली र कोषाध्यक्षमा नारद लम्साल चयन भएका छन् ।
संस्थाको सञ्चालक समिति सदस्यहरुमा गायत्री थेगिम, प्रविण रायमाझी, निरुमाया राई, लोकेन्द्र श्रेष्ठ, सानू दास र उमेशचन्द्र महत रहेका छन् ।
साधारणसभाले लेखा सुपरीवेक्षण समितिको संयोजकमा गोपाल नेपाललाई जिम्मेवारी दिएको छ भने सदस्यहरुमा पशुपति भट्टराई र तीर्था ढकाल दाहाल रहेका छन् ।
Comments