Sajhamanch Archive

थोप्लेविरान महिला कृषि सहकारीमा नयाँ नेतृत्व सर्वसम्मत

Published: in अर्थतन्त्र, सहकारी, स्थानीय तह by .

मेचीनगर । थोप्लेविरान महिला कृषि सहकारी संस्थाको अध्यक्षमा डम्बरकुमारी प्रधान सर्वसम्मत चयन भएकी छन् । संस्थाको आज शनिबार भएको आठौं साधारणसभाले चार वर्षे कालकार्यका लागि प्रधानको नेतृत्वमा नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयन छ ।

सञ्चालक समितिको उपाध्यक्षमा जानुका ओली, सचिव तारा सुवेदी, सहसचिव हरिकला खड्का र कोषाध्यक्षमा टीका तिवारी सर्वसम्मत चयन भएका हुन् । सञ्चालक समितिका सदस्यहरुमा इन्दिरा राउत, करुवा राजवंशी, गंगामाया लिम्बू, ललिता तामाङ, जया रोका रहेका छन् । एकजना सदस्य पछि मनोनित गरिने जनाइएको छ ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा इश्वरा चौंलागाई, सदस्यमा पुष्पा भण्डारी र धनकुमारी तामाङ सर्वसम्मत भएका छन् ।

वि.सं. २०७१ मंसिरमा थोप्लेविरान महिला विकास समूहबाट थोप्लेविरान महिला कृषि सहकारी संस्थाको नामकरण गरी सुरु गरेको संस्थाको शेयर पुँजी हाल २३ लाख ४८ हजार ३०० रुपैयाँ पुगेको छ ।

संस्थाका अध्यक्ष मञ्जु कट्टेलले उद्यम गर्न चाहने शेयर सदस्यहरुलाई चालु आर्थिक वर्षदेखि विना धितो दुई लाख रुपैयाँसम्म ऋण दिँँदै आएको बताइन् । साधारण सभामा उनले प्रस्तुत गरेको संस्थाको प्रतिवेदनमा शेयर सदस्यहरुलाई उद्यमशील बनाउने उद्देश्यले विगतमा बाहुनडाँगी क्षेत्रको अवलोकन भ्रमण गराई मरिच खेती, गाईपालन, तरकारी खेती लगायतका बारेमा जानकारी लिएको उल्लेख छ ।

संस्थाले शेयर सदस्यहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउन कृषि तथा पशुपालन, व्यवसायिक कर्जा, धितो कर्जा स्वरोजगार कर्जा लगानी गर्दै आएको संस्थाको प्रतिवेदनमा जनाइएको छ ।

संस्थाले बृद्ध बचतलाई निरन्तरता दिने, शेयर बनोस दिने, कृषि क्षेत्रमा महिलालाई प्रोत्साहन दिने, सहुलियत रकममा कृषि सामग्री उपलब्ध गराउने, मासिक बचतलाई १५० बाट २०० रुपैयाँ बनाउने, प्रत्येक शेयर सदस्यहरुको शेयर रकम पाँच हजार रुपैयाँ बनाउने योजना रहेको अध्यक्ष कट्टेलले बताइन् ।

मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेतीको प्रमुख आतिथ्यमा भएको साधारणसभा उद्घाटन कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष कञ्चन तामाङ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का सञ्चालक घनश्याम अधिकारी, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखा प्रमुख मुना घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका उपाध्यक्ष जानुका ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहकारीका व्यवस्थापक पवित्रा आचार्यले गरेकी थिइन् । सहकारीमा हाल ४५० जना शेयर सदस्य रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *