आराध्य बचत तथा ऋण सहकारी संस्थाको ७औं वार्षिक साधारणसभा सम्पन्न
Published:
by .मेचीनगर । झापाको मेचीनगर ७ मदनबस्तीस्थित आराध्य टोलमा प्रधान कार्यालय रहेको आराध्या बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सातौं वार्षिक साधारणसभा आज सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि भवानी साकोसका बजार व्यवस्थापन समिति संयोजक चक्र बहादुर खत्री, विशिष्ठ अतिथि मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणि ओली, बिन्ती बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विकास देवकोटा, पत्रकार प्रकाश पौडेललगायतले मन्तव्य राखेका थिए ।
संस्थाले साधारणसभाको अवसरमा ४ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा उत्कृष्ट कर्जातर्फ कृष्णकुमारी राई र समता विक रहेका छन् भने उत्कृष्ट बचतकर्ता तर्फ सुमन गुरुङ र तरवाला राजवंशी रहेका छन् । उनीहरुलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको संस्थाका व्यवस्थापक दुलप मेचेले जानकारी दिए ।
त्यस्तै सहकारी संस्थाले आफ्नो वार्षिक उत्सवको अवसरमा मेचीनगर ७ स्थित काँकरभिट्टामा रहेको जागृत अनाथ बाल आश्रमलाई नगद १० हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत वर्षेनी विभिन्न क्षेत्रमा सहयोग पुर्याउदैं आएकोमा यसपटक अनाथ आश्रमलाई सहयोग गरेको जनाइएको छ ।
संस्थाका उपाध्यक्ष युवराज आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य अनुप राजवंशीले स्वागत गरेका थिए ।
संस्थाका अध्यक्ष गीता राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रम सञ्चालन संस्थाका सचिव कमल ढुङ्गेलले गरेका थिए ।
Comments