निर्वाचन जनविरोधी तत्व पराजित गर्ने अवसर : ओली
Published: (Updated: )
by .झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
आगामी निर्वाचनले लोकतन्त्र बचाउने र जनविरोधी तत्वलाई पराजित गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै उनले निर्वाचनमा गम्भीर भएर देशको विकास र समृद्धिमा काम गर्न सक्ने, सक्षम नेतृत्व चुन्नुपर्ने खाँचो रहेको औँल्याए।
आज झापाको दमकमा आयोजित कार्यक्रममा बोल्दै ओलीले भने, ‘आगामी निर्वाचनबाट जनविरोधी तत्व पराजित भए मात्र देशले समृद्धिको गति लिने छ। अब जनताले देश विकास र समृद्धिका लागि एमालेलाई जिताउने’ एमाले अध्यक्ष ओलीले दाबी पनि गरे।
अध्यक्ष ओली दुई दिने कार्यक्रमका लागि झापा आएका हुन् । उनी भोलि दिउँसोका केही कार्यक्रमहरुमा सहभागी भएर राजधानी काठमाडौं फर्कने कार्यक्रम छ ।
Comments