विवेकशील सहकारीको साधारणसभामा दर्जनौं सम्मानित
Published:
by .बिर्तामोड । झापाको चारपानेस्थित बिबेकशील महिला सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष पार्वती भट्टराईको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।
५३ लाख ८० हजार ५०० रूपैयाँ शेयर पुँजी रहेको संस्थाको १ करोड ७३ लाख ३९ हजार ३२४ रूपैयाँ बचत रहेको छ ।
२०४८/४९ सालमा महिला तथा बालबालिकाको अगुवाईमा साविक चारपाने गाविसका ९ वटै वडाहरुको संयुक्त समूह गठन गरी १० रुपैयाँ बचत कार्य शुरु गरिएको समूह १५वर्ष अघि सहकारी संस्थाका रुपमा विकसित भएको हो ।
संस्थाले १५औं वार्षिक साधारणसभाको अवसर पारेर मोहनमाया माविका पूर्व प्रधानाध्यापक विन्दु श्रेष्ठ, सारेगम लिटल च्याम्पियनसिप विजेता बालकलाकार कृपा पौडेललाई सम्मान गरेको छ । विपन्न सदस्य सम्मानतर्फ खाद्यान्न तथा कपडासहित चन्द्रमाया थापा, असल बुहारीतर्फ कल्पनादेवी दाहाल, जेष्ठ नागरिकतर्फ तुलसा सापकोटालाई सम्मान गरेको छ ।
यसैगरी गत वर्षको समाजसेवी सम्मानबाट रामलाल उप्रेतीलाई सम्मान गरिएको छ भने लेखा समितिका पूर्वसंयोजक तथा सदस्यहरु चित्रा भट्टराई, सुनिता शर्मा र मिना दाहाललाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
त्यसैगरी २०७८ को एसईई उत्कृष्ठ सौरभ लुईटेल, अनुशासनतर्फ प्रेमा किस्कु सोरेनलाई पुरस्कृत गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाई, सल्लाहकार मध्येबाट सावित्रा दाहाल, सम्मानितका तर्फबाट बिन्दु श्रेष्ठ, हरिभक्त उप्रेती, घनश्याम दाहाल, भूमिप्रसाद भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका सचिव चन्द्रकला घिमिरेले संस्थाको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्वागत स्मिता अधिकारी ओझाले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सुनिता शर्माले गरेकी थिइन् ।
Comments