शिक्षा बहुउद्देश्यीय सहकारीले साधारणसभामा तीन दर्जनभन्दा बढीलाई सम्मान गर्यो
Published: (Updated: )
by .बिर्तामोड । झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको १०औं साधारण सभा सोमबार सम्पन्न भएको छ ।
संस्थाले साधारण सभाको अवसरमा विभिन्न विधामा ३७ जनालाई सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईं, विशेष अतिथि बिर्तामोडका सहकारी अधिकृत डिल्ली दाहाल, संस्थाका अध्यक्ष सुब्रत न्यौपाने लगायतले सम्मानित एवम् पुरस्कृत व्यक्तित्वहरुलाई नगदसहित सम्मान–पत्र, माला र करुवा प्रदान गरेका थिए ।
कार्यक्रममा संस्थाका कर्मचारी डिल्ली दाहाल र प्रेमप्रसाद मिश्रलाई सम्मान गरिएको थियो । त्यस्तै, संस्थाले दुहागढी सेवा केन्द्रका डिल्लीमाया बस्नेत, सुदिप पाँचकोटी, सुभद्रा राजवंशी, युवराज न्यौपाने, शनिश्चरे सेवा केन्द्रका गंगाबहादुर भट्टराई, प्रनिश काफले, बिमला तामाङ, जीवन खनाल, धुलाबारी सेवा केन्द्रका सरस्वती दाहाल, यूनेश कार्की, मीना दनुवार र कृष्णप्रसाद कोइरालालाई सम्मान गरेको छ ।
यस्तै चैतुबारी सेवा केन्द्रका पुरनसिंह भुजेल, रुक्मा आचार्य, सोनम लिम्बू, दुर्गापुर सेवा केन्द्रका मञ्जुदेवी मामी, दीक्षा शिवाकोटी, रुक्मिणा न्यौपाने, सरोज गिरी, गायत्रीनाथ गिरी र बिर्तामोड कार्यालय अन्तरगत राजा खाँ पठान, रामप्रसाद मिश्र, रोशन ढकाल, संगीता रसाइली, जीवन लुईटेल, गीतादेवी तामाङ, महेश पाण्डेलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
त्यसैगरी संस्थाले उत्कृष्ट प्रवर्धक बिर्तामोडका खड्गप्रसाद अधिकारीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
एसइइमा उत्कृष्ट विद्यार्थी सम्मान अन्तरगत कुशल मिश्र अर्जुनधारा, इशा पोखरेल बिर्तामोड, लिजा घिमिरे बिर्तामोड र दिक्षा रानामगर मेचीनगरलाई सम्मान तथा पुरस्कृत गरेको छ । एसइइमा उत्कृष्ट नतिजा ल्याउने संस्थाका कर्मचारीका छोराछोरी सविन न्यौपाने, रोशन सिलवाल र बिशेक बराललाई पनि सम्मान तथा पुरस्कृत गरेको छ ।
मुख्य कार्यालयसहित छ वटा सेवा केन्द्रबाट सेवा सञ्चालन गर्दै आएको संस्थामा हाल ४ हजार ६१३ जना शेयर सदस्य, शेयरपुँजी ३ करोड ५१ लाख १९ हजार २००, ऋण लगानी १९ करोड ४२ लाख, कोष हिसाब एक करोड ७७ लाख ७७ हजार ५७० रुपैयाँ रहेको छ । संस्थाले २०७८÷०७९ मा २८ लाख ९१ हजार नाफा कमाएको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाई, बिर्तामोड नगर सहकारी अधिकृत डिल्ली दाहाल, राष्ट्रिय सहकारी बैंकका शाखा प्रबन्धक बिबेक डाँगी, नयाँ उज्यालो सहकारीका अध्यक्ष सुश्मा पौडेल लगायतले मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष हेमराज मिश्रले स्वागत र संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गरेको साधारणसभा कार्यक्रममा संस्थाका सल्लाहकार समिति संयोजक सावित्राकुमारी लिम्बू, सदस्य लीला बराल, चन्द्रकला मिश्र, लेखा समिति संयोजक युवराज निरौला, सञ्चालक समिति सदस्य उमा राई, चीजा राई यज्ञप्रसाद मिश्र, लक्ष्मीप्रसाद घिमिरे, नवराज कडरिया, लेखा समिति सदस्य यामनाथ खरेल, लक्ष्मी देवान, शिक्षा उपसमिति संयोजक रमेश पोखरेल, संस्थाका व्यवस्थापक दीपेश धौराली लगायतको सहभागिता रहेको थियो ।
Comments