‘दशैं पर्वले नेपालीजनलाई राष्ट्रिय एकतातर्फ अग्रसर हुन प्रेरणा प्रदान गरोस्’ : अध्यक्ष ओली
Published:
by .झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आयोजना तथा झापा जिल्ला कमिटीको व्यवस्थापनमा आज बिर्तामोडमा चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
राजनीतिक मन्तब्य थोरै तर धार्मिक एवम् दशैं पर्वको सन्दर्भमा पौराणिक कथनहरु सहितको मन्तब्य दिँदै अध्यक्ष ओलीले नेपाली संस्कार, संस्कृति एवम् विवधता नेपालको सम्पदा भएको बताए ।
पुराना कम्युनिष्ट नेता मोदनाथ प्रश्रितद्वारा लिखित देवासुर संग्रामको पटकपटक उच्चारण गर्दै उनले दशैं पर्वको धार्मिक विश्लेषण गरेका छन् । मन्तब्यका बीचमा केही राजनीतिक सन्दर्भहरु उठान गर्दै एमाले अध्यक्ष ओलीले चुनावमा राजनीतिक दलहरुबीचमा स्वस्थ प्रतिष्पर्धा भएन भने राजनीति सही दिशामा जाँदैन र लोकतन्त्र समृद्ध बन्न सक्दैन भन्ने सन्देश प्रवाह गरे ।
दशैं पर्वले नेपालीजनलाई राष्ट्रिय एकतातर्फ अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने सन्देश प्रवाह गर्दै एमाले अध्यक्ष ओलीले प्रतिष्पर्धात्मक राजनीति र श्रेष्ठताको प्रतिष्पर्धा आजको आवश्यकता भएको औंल्याए ।
शुभकामना आदानप्रदान गर्ने मञ्चमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता भक्ति सिटौला र झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा बसेका थिए । यस्तै नेकपा माओवादी केन्द्रका नेता रञ्जित तामाङ र जिल्ला अध्यक्ष राजु आचार्य, नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईं, जनता समाजवादी नेपालका जिल्ला अध्यक्ष दिपेनबाला राई, मौलिक जरोकिलो पार्टीका नेता ईन्द्र ओली सहभागी थिए । यस्तै व्यवसायीहरु टिकाराज ढकाल, दिपेश ढकाल, होम पाण्डे, मिलन बस्नेत लगायत दर्जनौं व्यवसायीहरु कार्यक्रममा सहभागी थिए ।
सो कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्यहरु, पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय सल्लाहकार सदस्यहरु, केन्द्रीय विभागका सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारीहरु तथा सदस्यहरु एवम् विभिन्न राजनीतिक दलका प्रमुख र प्रतिनिधिहरूको सहभागिता थियो ।
हरेक वर्ष झैं यसवर्ष पनि पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीले यस्तो कार्यक्रमलाई निरन्तरता दिएका हुन् । शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता रञ्जित तामाङ, नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता भक्तिप्रसाद सिटौला, जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेनबाला राईले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
नेकपा एमाले झापा जिल्ला कमिटी सचिव शिव ढुङ्गेलले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रित अतिथि तथा सहभागीहरुलाई पार्टीका झापा अध्यक्ष दीपक कार्कीले शब्दमार्फत स्वागत गरेका थिए । पार्टीका बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले आफ्नो पालिकामा कार्यक्रम आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै पार्टी अध्यक्ष ओलीको काँधमा राम्रो माला पहिर्याएर स्वागत गरेका थिए ।
सो कार्यक्रममा राष्ट्रिय कलाकार टीका भण्डारीले अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा गरेका रचनात्मक कामहरुको संगालो ‘ओली बा नामको गीत’मार्फत् प्रस्तुत गरेका थिए ।
यस्तै राष्ट्रिय जनसाँस्कृितक मञ्चका जिल्ला नेता डा. कुमार सुवेदीले अध्यक्ष ओलीको जीवनी समेटेर तयार गरेको गीत आजै सार्वजनिक गरिएको छ । गीतले भन्छः
जन्म थलो तेह्रथुम कर्मथलो झापा
भाग्यमानी नेपालीले के पी बालाई पाका ।
के पी बा, के पी बा, हाम्रा के पी बा ।
के पी ओली सबैका पियारा
हामी सबै जन(जनका साहारा
तिक्ष्ण बुद्धि तार्किक विचार अथाह क्षमता
बाल्यकाल मै गुमाएका आमाको ममता ।
के पी बा …………….
बाइस सालमा शुरु भयो राजनीतिक यात्रा
सच्चा कम्युनिष्ट नेता जन्मे के पी ओली मात्र ।
के पी बा …………..
चौध वर्ष जेल बसे चौध दिन सम्झी
कहिल्यै पनि ख्याल गरेनन ठूलै धाक धम्की ।
के पी बा ………….
उत्तरतिर नाका खोले सोची सम्झी भोलि ।
चुच्चे नक्सा जारी गर्ने तिनै के पी ओली ।।
भुपरिष्ठित देशबाट भुजडित बनाए
नाकाबन्दी नामको क्यान्सर सधैंलाई भगाए ।
के पी बा ………
के पी बा हुन् संसदबाटै ठाडै प्रश्न सोध्ने
सत्यमेव सिंहमेव कुन जयन्ते रोज्ने ।
के पी बा ………..
आदि…………
Comments