नेपाली कांग्रेसले प्रतिनिधिसभामा को कसलाई समानुपातिक उम्मेदवार बनायो ? झापाबाट को को परे ? (सिङ्गो सूचीसहित)
Published:
by .काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम खसआर्यको महिला तर्फको तेस्रो नम्बरमा राखिएको छ ।
यस्तै गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुको नाम छैटौं नम्बरमा छ । महिला तर्फ पहिलो नम्बरमा काठमाडौंकी अम्बिका बस्नेत र दोस्रो नम्बरमा झापाकी सरिता प्रसाईं छिन ।
यसैगरी पुरुषतर्फ पहिलो नम्बरमा कांग्रेस प्रवक्ता प्रकाशरण महतको नाम राखिएको छ । दोस्रोमा बसन्त भट्टराई र तेस्रोमा आनन्दप्रसाद ढुंगाना छन् ।
असोज १६ गते कांग्रेसले संशोधित सूची निर्वाचन आयोगमा बुझाएको थियो । त्यसअघि नेपाली कांग्रेसले लगातार २४ घण्टासम्म छलफल गरेर समानुपातिकका उम्मेदवारहरुमा सहमति जुटाएको हो ।
सभापति शेरबहादुर देउबाले एकलौटी निर्णय गरी आफ्नो समूहलाई ओझेलमा पारेको भन्दै शेखर कोइराला पक्षले असोज १२ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएपछि अन्तिम बन्दसूचीमा केही फेरबदल भएको हो ।
अन्तिम सूचीमा झापाबाट खसआर्य महिलातर्फ सरिता प्रसाईं परेकी छन् भने आदिवासी जनजाति पुरुषतर्फ सनत मुर्मु र कालु मेचेको नाम देखिन्छ । तर उनीहरुको ठेगाना खुलाइएको छैन । यी जातिको बसोबास झापामा मात्र भएकाले उनीहरु झापाकै हुन् भन्ने अनुमान छ । यस्तै मधेशी पुरुषतर्फ हरेकृष्ण घोषको नाम समावेश छ ।
हेर्नुहोस् सूचिपनि :
Comments