सन्दीप लामिछाने आज २० गते स्वदेश फर्किंदै
Published:
by .काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज असोज २० गते स्वदेश फर्किंदै छन् । उनी कतार एयरवेजको उडानबाट आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्न लागेका हुन् ।
बलात्कार आरोप लागेका सन्दीपले आफू स्वदेश फर्किन लागेको सामाजिक सन्जालमार्फत् जानकारी गराएका हुन् । त्यसबारे नेपाल प्रहरीलाई पनि जानकारी दिइसकेको उनले उल्लेख गरेका छन् ।
उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस पनि जारी गरेको थियो ।
आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियनल लिग खेल्न नेपालबाहिर थिए । अब स्वदेशमा नै बसेर उनले आफूमाथि लागेको आरोप विरुद्ध कानूनी उपचार खोज्ने जनाइएको छ ।
Comments