चट्याङले बिर्तामोडमा एक बालिकाको मृत्युु
Published: (Updated: )
by .बिर्तामोड । आज साँझ परेको चट्याङ लागेर झापाको बिर्तामोडमा एकजना बालिकाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्राप्त जानकारी अनुसार बिर्तामोड नगरपालिका वडा नं. २ का रुपलाल हस्दाको छोरी ११ वर्षीया सन्जु हस्दाको मृत्यु भएको हो ।
बिर्तामोड २ चैतुबारीभन्दा पूर्व दुर्गा स्टिल कम्पनी र जगदम्बा प्लाई उद्योग नजिकै साइकल चलाउँदै गर्दा उनलाई आज साँझ चट्याङ लागेको स्थानीयबासीले जनाएका छन् ।
Comments