एमाले अध्यक्ष ओली झापामा, झापाका असन्तुष्टसँग छलफल हुँदै
Published:
by .झापा । प्रतिनिधिसभा सदस्यका लागि मनोनयन पत्र दर्ता गर्न नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के पी शर्मा ओली झापा आइपुगेका छन् ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार भोलि असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यक्रम छ । एमाले अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गर्नेछन् ।
एमाले अध्यक्ष ओली भद्रपुर विमानस्थलबाट बिर्तामोडको आइपुगेर होटल किङ्सबेरीमा पार्टीका नेता तथा कार्यकर्ताहरुसँग छलफल गरिरहेका छन् ।
मुलतः झापा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि एकल नाम सिफारिस गरिएका पार्टी केन्द्रीय सदस्य रविन कोइरालाले प्रदेशसभा सदस्यमा उम्मेदवार बन्न अस्वीकार गरिरहेको सन्दर्भमा छलफल चलिरहेको बताइएको छ ।
अहिले पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेसहित केन्द्रीय सदस्य कोइरालाले पार्टी अध्यक्षसमक्ष आफ्ना कुरा राखिरहेको स्रोतले जनाएको छ ।
कोइरालालाई प्रदेशसभा सदस्य विजयी गराएर सभामुखमा जिम्मेवारी दिने गरी अध्यक्ष ओलीले आस्वासन दिएको निकटस्थ स्रोतले बताएको छ ।
Comments