झापा निर्वाचन क्षेत्र नं. ५ मा एमालेका उम्मेदवारहरुको मनोनयन दर्ता (फोटोकथा)
Published:
by .दमक । झापाको निर्वाचन क्षेत्र नम्बर ५ का लागि प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयन पत्र दर्ता गराएका छन् ।
यसैगरी निर्वाचन क्षेत्र नम्बर ५ (१) का लागि प्रदेशसभा सदस्य पदमा हिक्मतकुमार कार्की र क्षेत्र नं. ५ (२) का लागि होमबहादुर थापाले पनि तोकिएको समयमा उम्मेदवारी दर्ता गरेका छन् ।
दमक नगरपालिकामा रहेको निर्वाचन कार्यालयमा पुगेर एमाले अध्यक्ष ओली, स्थायी कमिटीका सदस्य कार्की र प्रदेश कमिटीका सदस्य थापाले आफ्नो आफ्नो उम्मेदवारी तोकिएको पदमा मनोनयन दर्ता गरेका हुन् । नेकपा एमालेका उम्मेदवारहरुसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु पनि गएर संयुक्त उम्मेदवारहरुको मनोनयन दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता पछि दमकमा संक्षिप्त कोणसभा गरिएको छ ।
उम्मेदवार घोषणासभा अनि मनोनयन दर्तासहितका तस्वीरहरुः
Comments