झापा निर्वाचन क्षेत्र नं. १ मा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराए
Published:
by .मेचीनगर । झापाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापाका इन्चार्ज अग्निप्रसाद खरेलले उम्मेदवार मनोनयन पत्र दर्ता गराएका छन् ।
यसैगरी निर्वाचन क्षेत्र नम्बर १ (१) का लागि प्रदेशसभा सदस्य पदमा नेकपा एमालेका केन्द्रीय सदस्य, तत्कालीन संविधानसभाका सदस्य, मेचीनगर नगरपालिकाका संस्थापक नगरप्रमुख रविन कोइरालाले तोकिएको समयमा उम्मेदवारी दर्ता गरेका छन् ।
मेचीनगर नगरपालिकामा रहेको निर्वाचन कार्यालयमा पुगेर एमाले नेताहरुले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दर्ता गरी प्रमाणपत्र पनि लिएका हुन् ।
Comments