राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि
Published:
by .काठमाडौं । असोज २२ गते शारीरिक बिसञ्चो महसुस गरेपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त भएको रिपोर्टले राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ ।
असोज १९ गते विजयादशमीका दिन राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टिका जमरा प्रदान गरेको तीन दिन पछि नै अस्वस्थ भएर त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।
Comments