Sajhamanch Archive

जाहेरवाला नाबालिग होइनन्ः सन्दीप लामिछाने

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । नाबालिग माथि बलात्कारको आरोप लागेर प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाउने किशोरी नाबालिग नभएको दाबी गरेका छन् ।

असोज २० गते नेपाल आएर प्रहरी समक्ष उपस्थित भएका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो । त्यसक्रममा न्यायाधीशले सन्दीपलाई घटनाबारे सोधेका थिए ।

लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको दाबी गरेका छन् । सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘जाहेरवालाले म १९ वर्षको भएँ भनेकी इजलास समक्ष राख्नु भएको छ ।’

अर्का अभिवक्ता सुधा रिजालले भने सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् । जाहेरवालाको दुईवटा जन्मदर्ता भेटिएको भन्दै उनले भनिन्, ‘अहिलेको जन्मदर्तामा म्याचुअर्ड छ उहाँ नाबालिग हुनुहुन्न । जो मान्छेहरुले फसाउन खोजेको छ, त्यसले उहाँलाई परिचालन गरेको आशंका छ ।’

अधिवक्ता सरोजकृष्णका अनुसार इजलासमा सन्दीपले आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको कानुनी उपचारबारे चासो राखेका थिए । जवाफमा न्यायाधीशले मुद्दाका सुनुवाइका क्रममा यो विषय उठाउन सुझाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *