Sajhamanch Archive

कांग्रेस गठबन्धनले झापा क्षेत्र नं. २ मा बनायो निर्वाचन परिचालन, प्रचार लगायत समितिहरु

Published: in प्रदेश तह, राजनीति, समाज by .

बिर्तामोड । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आम निर्वाचनमा गठबन्धन दलका उम्मेद्वारलाई विजयी गराउन नेपाली कांग्रेसका नेता सुधिरकुमार शिवाकोटीको संयोजकत्वमा २ नं क्षेत्रस्तरीय निर्वाचन परिचालन मूल समिति गठन गरिएको छ ।

मूल समितिको सहसंयोजकहरुमा नेकपा माओवादी केन्द्रका धर्मशिला चापागाई, नेकपा एसबाट निलमणि बराल र नेपाली कांग्रेसबाट कृष्ण हुमगााई तथा सदस्य सचिवमा नेकपा माओवादीका सि।पि। कडरिया रहेका छन् ।

त्यसैगरी झापा क्षेत्र नं. २ प्रदेश १ मा नेपाली कांग्रेसका प्रदेश सभापति लक्ष्मी आचार्यको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । यस्तै, क्षेत्र नं. २ को २ मा किरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

त्यसैगरी निर्वाचन प्रचार प्रसारलाई प्रभावकारी रुपमा जनस्तरसम्म पुर्याउन कृष्ण हुमागाईको संयोजकत्वमा चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा तीर्थ सिग्देल, सचिवमा उद्वव पुरी रहेका छन् ।

त्यसैगरी प्रचार समितिको सदस्यमा रेजिना गौतम, सुशिला संग्रौला, इन्दु पूर्वेली, कुमार भट्टराई, पवन किराती, पुष्प खड्का, जगन्नाथ भट्टराई रहेका छन् ।

सो बैठकले प्रत्युस रानाको संयोजकत्वमा सात सदस्यीय आर्थिक ब्यवस्थापन समिति गठन गरेको छ । संगठन परिचालन समिति, महिला परिचालन समिति, युवा परिचालन समिति, विद्यार्थी परिचालन समिति र भातृ तथा जनवर्गीय संगठन परिचालन समिति पनि गठन गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *