सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार
Published:
by .काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको किष्ट अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन् । उनको स्वास्थ्यमा सामान्य सुधार भएको मंगलबार जानकारी दिइएको हो।
उनका अनुसार १९ दिनदेखि उक्त अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा सुधार आएको हो। मुटुको चाल सम्बन्धी समस्यामा पनि केही सुधार देखिएको र जोशीले सामान्य प्रतिक्रिया दिन थालेको विज्ञप्तिमा उल्लेख छ।
‘छातीको निमोनिया संक्रमण नियन्त्रणका लागि दिइएको एन्टिबायोटिक्स कोर्स जारी छ, अझै उहाँको सघन उपचार कक्षमा नै राखेर उपचार गर्नुपर्ने अवस्था छ’, विज्ञप्तिमा उल्लेख छ।
Comments