Sajhamanch Archive

क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार डम्बर गिरीको चुनाब चिन्ह ‘सूर्यमुखीको फूल’

Published: in राजनीति, लोकप्रिय, समाज by .

हल्दिबारी। झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका डम्बरबहादुर गिरीले चुनाव चिन्ह सूर्यमुखीको फूल पाएका छन् ।

असोज २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन लगत्तै चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची अन्तरगत निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई चुनाब चिन्ह प्रदान गरेको हो ।

नेकपा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य रहेका गिरीले पटक पटक एमालेका मतदाताले हलोमा मतदान गर्नुपरेकोले क्षेत्र नं. ३ का मतदातामा निरासा उत्पन्न भइरहेको जिकिर गर्दै आएका थिए । उनले उम्मेदवारी दिएर पार्टीको निर्देशन उल्लंघन गरे पनि चुनाव चिन्ह सूर्य जस्तै देखिने खालको पएकाले कतिपय मतदाता झुक्किने आंकलन गरिएको छ ।

चुनाब चिह्न पाएसँगै घरदैलो अभियानमा तिब्रता दिईने गिरीले बताए । उनले भने ‘चुनाब चिन्ह पाईयो, अब चुनावी घरदैलोमा लागिन्छ।’ यस पटकको प्रतिनिधिसभा निर्वाचनका लागि गिरीले आफूलाई एक नयाँ र शसक्त उम्मेदवार भएको दावी गरेका छन् ।

कृष्णप्रसाद सिटौला पटक–पटक सांसद बने सकेका छन् भने राजेन्द्र लिङ्देन पनि दुई पटक प्रतिस्पर्धा गरेसकेका ब्यक्ति हुन् । उनले प्रदेश सांसदका लागि एमालेका उम्मेदवारहरु बसन्त बानियाँ र छविलाल चुँडाललाई नै समर्थन गर्दै आफ्नो पक्षमा एमालेजनलाई सहयोग गर्न अपील गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *