Sajhamanch Archive

वैदेशिक रोजगारी बाट फर्केका श्रमिहरुको सामाजिक तथा आर्थिक पुनःएकीकरण सम्बन्धी कमलमा अन्तरकृया

Published: in अर्थतन्त्र, शिक्षा, समाज, स्थानीय तह, by .

कमल । वैदेशिक रोजगारीबाट फर्केका श्रमिहरुको सामाजिक तथा आर्थिक पुनःएकीकरण कार्यक्रम अन्तर्गत आज कमल गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवालासँग अन्तरकृया गरिएको छ ।

वैदेशकि रोजगारीबाट फर्केका व्यक्तिले वैदेशिक रोजगारीका क्रममा आर्जन गरेको पुँजी, सिप, प्रविधि र अनुभव नेपालमा उद्यमशिलताको विकास तथा सिपको प्रवर्धनमा उपयोग गराई सामाजिक तथा आर्थिक विकास गराउने उद्देश्यले अन्तरक्रिया गरिएको हो ।

आयोजक संस्था आप्रवासी कामदार हकहित संरक्षण केन्द्र प्रदेश १ ले गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवाला बीच सहकार्य र समन्वय गर्न यस्तो कार्यक्रमको आवश्यकता भएको जनाएको छ ।

पौरखी नेपालको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा कमल गाउँपालिकाका जनप्रतिनिधि तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरु सहभागी थिए ।

स्थानीय तहसँगको सहकार्यमा संचालन हुने पुनः एकीकरण कार्यक्रम अन्तर्गत आवश्यकताका आधारमा मनोसामाजिक परामर्शसहितको सुरक्षित आवास सेवा, उद्यमशीलता तालिम, आवश्यकताका आधारमा सीप तालिम, निशुल्क सीप परीक्षण, वित्तीय साक्षरता, सहुलियतपूर्ण कर्जा तथा बजारीकरणका लागि सहजीकरण, व्यवसाय सञ्चालनका लागि शुरुवाती रुपमा तोकिए बमोजिमको विउ पूँजी वा जिन्सी सहायता प्रदान गरिने अन्तरक्रियामा जानकारी दिइयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *