एमालेबाट प्रभु साह निष्कासित, रौतहट जिल्ला कमिटी विघटन
Published:
by .काठमाडौं । नेकपा एमालेले रौतहट जिल्ला कमिटी विघटन गरेको छ ।
एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साह लगायतका केही व्यक्तिहरु पार्टी विरोधी गतिविधिमा लागेकाले जिल्ला कमिटी विघटन गरेको बताएका छन् ।
एमालेले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका स्थायी समिति सदस्य प्रभु साह माथि पनि कारवाही गरेको छ । पार्टी महासचिव शंकर पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै साहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको उल्लेख गरेका छन् ।
त्यस्तै प्रभु साहसँगै जिल्ला इज्चार्ज उपेन्द्र साह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवानलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको उल्लेख गरिएको छ । सह इन्चार्ज उद्धव रेग्मीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ भने रेखा झालाई सहइन्चार्ज तोकिएको छ।
Comments