Sajhamanch Archive

सेन्ट जेभियर्सका विद्यार्थीद्वारा समुदाय सचेतनासँगै झुल वितरण

Published: in लोकप्रिय, शिक्षा, समाज, स्वास्थ्य by .

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ८ देउनियामा रहेको सेन्ट जेभियर विद्यालयका विद्यार्थीहरूले बढ्दो डेंगु रोगको महामारीबाट बच्न जनचेतना बिस्तारसँगै विपन्न बस्तीमा निःशुल्क झुल वितरण गरेका छन् ।

सेन्ट जेभियर्स बाल क्लब मार्फत ५० परिवारलाई निःशुल्क झुल प्रदान गरिएको शिक्षक शालिकराम दाहालले जानकारी दिएका हुन् । पछिल्लो समय झापामा पनि डेंगु रोगको संक्रमण तीब्ररुपमा बढ्न थालेपछि विपन्न बस्ती पहिचान पछि झुल वितरण गरी ओछ्यानमा झुल लगाएर सुत्न आग्रह गरेका शिक्षक दाहालले बताए ।

डेङ्गु लगायत किट पतङ्गबाट जोगिन अनिवार्य झुल लगाउने र ओछ्यानमा कसरी झुल लगाउँदा सुरक्षित भइन्छ भन्ने तरिका समेटिएको चेतनामुलक पर्चा समेत सोही अवसरमा वितरण गरिएको शिक्षक दाहालको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *