Sajhamanch Archive

कोइरालाको प्रश्न छ, ‘वर्तमान सत्तागठबन्धन समाजवादतर्फ जाने हो कि पुँजीवादतर्फ ?’

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा ‘क’ का उम्मेदवार रविन कोइरालाले अप्राकृतिक सत्ता गठबन्धनलाई मतबाट परास्त गर्न जनतालाई आग्रह गरेका छन् । सिद्धान्त नै नमिल्ने पार्टीहरुको अप्राकृतिक गठबन्धनलाई मतबाटै परास्त गर्नुपर्ने उनको आग्रह छ ।

आज शनिबार मेचीनगर नगरपालिका वडा नं. १० को खयरडाँगीमा आयोजित उम्मेदवार भेटघाट कार्यक्रममा बोल्दै तत्कालीन संविधानसभाका सदस्य कोइरालाले भने ‘गठबन्धनको चक्रव्युहँलाई तोड्न झापा क्षेत्र नं. १ का मतदाता सचेत र सक्षम छन् ।’

उनले भने ‘समाजवादतर्फ जाने हो कि पुँजीवादतर्फ ? वर्तमान सत्तागठबन्धन अन्यौलमा छ । यसैले सिद्धान्त विपरितका गठबन्धनको विपक्षमा उभिन आम मतदातालाई आग्रह गर्दछु ।’

नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापाका सहइन्चार्ज कोइरालाले सत्ताको स्वाद लिन दलहरुका सिमित नेताहरुले अप्राकृतिक गठबन्धन गरे पनि नीति नमिलेकाले कसरी देशको विकास गर्छन् भन्दै प्रश्न पनि तेर्साए ।

संघीय, प्रदेश र स्थानीय तहमा विकास र समृद्वि ल्याउने योजना एमालेसँग मात्र रहेको बताउँदै उनले गठबन्धन सरकारले देशलाई श्रीलंका बनाउने बाटोतर्फ लगेको आरोप लगाए ।

उम्मेदवार परिचय कार्यक्रममा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अग्निप्रसाद खरेल, राप्रपाका नेता हुमनाथ बराल लगायतले मन्तब्य बोलेका थिए । नेकपा एमाले मेचीनगर–१० वडा कमिटीका अध्यक्ष बलराम चिमरियाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *