Sajhamanch Archive

कमल उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व सर्वसम्मत, अध्यक्षमा अधिकारी

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by .

कमल । कमल उद्योग वाणिज्य संघको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनबाट वीरेन्द्र अधिकारी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।

संघको उद्योग उपाध्यक्षमा अमल श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा भुवन चौलागाईं, महासचिव युवराज पाठक, उद्योग सचिव सन्तोष राई, वाणिज्य सचिव कृष्णप्रसाद ओझा र कोषाध्यक्ष भगिरथ रिजाल सम्र्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक चक्रबहादुर गुरुङ्गले जानकारी दिएका छन् ।

त्यस्तै समितिका सदस्यहरुमा छत्रपति खनाल, अशोक कार्की, रिजु कार्की, जनकप्रसाद भण्डारी, देवीमाया नेपाल र शान्ता उप्रेती (दाहाल) पनि सर्वसम्मत निर्वाचित भएका गुरुङ्गले बताए ।

उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ भण्डारीको अध्यक्षतामा आज सम्पन्न साधारणसभामा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, वडा नम्वर १ का वडा अध्यक्ष केदार कटुवाल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईंलगायतले आफ्ना भनाई राखेका थिए ।

संघका सचिव वीरेन्द्र अधिकारीले सञ्चालन गरेको साधारणसभा कार्यक्रममा आमन्त्रित अतिथिहरुलाई उपाध्यक्ष युवराज पाठकले शाब्दिक स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *