Sajhamanch Archive

केर्खामा अखिलको रक्तदान तथा तिहारको शुभकामना आदानप्रदान

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज, स्वास्थ्य by .

कमल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कमल गाउँ कमिटीको आयोजनामा आज तिहारको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

केर्खामा भएको रक्रदान कार्यक्रममा २५ जना पुरुष र ५ जना महिला गरी ३० जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रममा सहभागी नेकपा एमाले स्थायी कमिटी सदस्य तथा अनेरास्ववियूका पूर्व केन्द्रीय अध्यक्ष हिक्मत कार्कीले नेपालीहरुका सांस्कृतिक चाडपर्वहरुले हामीलाई एकताको सूत्रमा बाँध्ने काम गरिरहेको बताए ।

आगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर ५ (१) का उम्मेदवार कार्कीले तिहार छैठ लगायतका महत्वपूर्ण चाडपर्व खुशी र उल्लासमय वातावरणमा मनाउन अनुरोध गरे । चाडपर्व मनाउँदा तडकभडक नगरी आफ्नो आर्थिक क्षमताअनुसार मनाउनसमेत उनले अनुरोध गरेका छन् ।

शुभकामना आदानप्रदान कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य सुनिता बरालले ‘मेरो पहिलो मदतान सूर्यमा’ भन्ने संगठनको नारालाई साकार पार्न पहिलोपटक मतदान गर्न लागेका सम्पूर्ण युवालाई सूर्य चिह्नमा मतदान गरी एमालेका उम्मेदवालाई विजयी गराउन अनुरोध गरिन् ।

अनेरास्ववियू कमल गाउँकमिटीका अध्यक्ष आदर्श सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव जेनिसा भण्डारीले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *