नेपाली कांग्रेसको यस्तो छ घोषणापत्र : पूर्णपाठसहित
Published: (Updated: )
by .काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले आज काठमाडौंमा आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
कांग्रेसको घोषणापत्रमा आगामी पाँच वर्षमा साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने बाचा गरिेएको छ । सो पार्टीले आफ्नो चुनावी घोषणापत्रमा सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण यातायात लगायतका क्षेत्रमा वार्षिक साढे २ लाख नयाँ रोजगारी सिर्जना गर्ने संकल्प गरेको उल्लेख छ ।
नेपाल श्रमशक्ति सर्वेक्षणको आंकडा अनुसार नेपालका करिव ७० लाखभन्दा बढी जनसंख्या विभिन्न रोजगारी र स्वरोजगारमा आवद्ध छन् भने वार्षिक पाँच लाख हाराहारी जनशक्ति श्रम बजारमा आउने गरेका छन् ।
तर, २०७७/०७८ मा दर्ता भएका २०३ नयाँ उद्योगले जम्मा ११ कजार ८३३ रोजगारी मात्र प्रस्ताव गरेको छ भने लोकसेवा आयोगले तीन हजार ७५४ जनाको मात्र विज्ञापन गरेको छ ।
लाखौंको संख्यामा रोजगारी सिर्जना गर्न ठूलै संरचनात्मक पहल चाहिने भन्दै कांग्रेसले आर्थिक क्षेत्रको विद्यमान नीतिगत, कानुनी र प्रक्रियागत अड्चनमा व्यापक नयाँ चरणको सुधार गर्दै न्यूनमत ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।
उद्योग, निजी क्षेत्रका छाता संगठन, तीन तहको सरकार र सीटीईभीटीको सामूहिक पहलमा कांग्रेसले अप्रेनटिससीप कार्यक्रम र रोजगारी सिर्जनाका लागि बजारले मागेको युवाले रोजेको तरुण सीप वृत्ति कार्यक्रम ल्याउने बताएको उद्घोष गरेको छ ।
पार्टी सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमार्फत सो संकल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेका हुन् । घोषणापत्रमा ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधारः नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने मूल नारा रहेको छ ।
साथै समसामयिक राजनीति, निरन्तरतामा नवीनता, सम्मुन्नत नेपालको मार्गचित्रलगायतका विषयवस्तु समेटिएको छ । संकल्पपत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बिपीकालीन दस्तावेजदेखि स्थानीय तहसम्म पार्टीका तर्फबाट घोषणा गरिएको विषयवस्तुका आधारमा घोषणापत्र तयार गरिएको बताए ।
यस्तो छ कांग्रेसको घोषणापत्रः
Comments