‘नेपाली जनतालाई मेची–महाकाली रेल चढाएरै छाड्नेछु’ : पूर्वप्रधानमन्त्री ओली
Published:
by .दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपश्चिम रेलमार्ग निर्माण सम्पन्न गरी नेपाली जनतालाई रेल चढाएरै छाड्ने प्रतिवद्धता गरेका छन् ।
झापा निर्वाचन क्षेत्र नं ५ प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओलीले आफू प्रधानमन्त्री भएका बेला रेलमार्ग बनाउनका लागि पूर्व पश्चिम क्षेत्रमै सर्भे सम्पन्न गरी मुआब्जा दिएर काम सुरु गर्ने बेलामा सत्ताबाट बाहिरिनु परेको तर गठबन्धन सरकारले सो सम्बन्धी कुनै काम गर्नुको साटो अवरोधमात्र पुर्याएकाले काम नै नभएको बताए ।
अघिल्लो पटकको निर्वाचनमा पनि निकै चर्चामा आएको ओलीको रेलको योजनाका बारेमा मतदातालाई यथार्थ जानकारी गराउँदै एमाले अध्यक्ष ओलीले सो काम पूरा गर्ने र नेपालीलाई रेल चढाएरै छाड्ने दृढता व्यक्त गरेका हुन् ।
‘दमकबाट रेल चढेर केही घण्टामै पश्चिमको महाकाली पुग्न सकिन्छ’ ओलीले भने ‘नेपालीलाई सरल र सहज यातायातको पहुँचमा पुर्याउन आफूले रेलको सपना देखेको र यसलाई पूरा गराएर छोड्नेछु ।’
ठाउँ ठाउँमा अहिले मुआब्जाको समस्या छ । त्यो समस्यालाई समाधान गराएर, देखिएका विवाद र समस्यालाई मंसीर ४ को निर्वाचनपछि समाधान गरेर अघि बढ्ने उनको भनाई छ ।
अहिले पहिलो चरणमा जनकपुरमा रेल आइसकेको र त्यसलाई एउटा सपना पूरा हुने क्रमको थालनी भएको दृष्टिकोणबाट बुझ्न पनि उनको आग्रह छ ।
Comments