झापा २ को सत्तारुढ गठबन्धन चुनावी बैठकमा
Published: (Updated: )
by .बिर्तामोड । नेपाली कांग्रेस प्रदेश नं. १ का सभापति उद्वव थापाले नेपालको इतिहासमा राजनीतिक परिवर्तनका लागि विभिन्न चरणमा गठबन्धनको अभ्यास भएको स्मरण गराएका छन् ।
ब्यवस्था परिवर्तनका लागि भएका आन्दोलनहरुमा गठबन्धन दलको सहकार्यबाट नै राजनीतिक परिवर्तन सम्भव भएको बताउँदै सभापति थापाले अहिलेको गठबन्धन पनि चुनाव केन्द्रित मात्रै नभएको जिकिर गरेका हुन् ।
लोकतान्त्रिक–बाम गठबन्धन संयुक्त संयन्त्र बिर्तामोड नगर समितिको आयोजनामा आज सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभापति थापाले देश र जनताको समृद्धिका लागि गठबन्धनको विकल्प नभएको दावी दोहोर्याए ।
कार्यक्रमका झापा क्षेत्र नं–२ निर्वाचन परिचालन समितिका संयोजक सुधिरकुमार शिवाकोटीले गठबन्धनका उम्मेद्वारले चुनाव जितेमात्र शान्ति, स्थिरता र विकास सम्भव हुने जिकिर गरे ।
झापा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हरिकुमार रानाले देश र जनताको सेवामा सक्रिय हुने अभिलाषा बोकेर आफू गठबन्धन दलको साझा उम्मेद्वार बनेको सुनाए ।
झापा क्षेत्र नं. २ प्रदेशसभा २ (१) का उम्मेद्वार पुष्प पोखरेलले कांग्रेस गठबन्धन दलका उम्मेद्वारलाई मतदान गर्न अपिल गरे । कार्यक्रम नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलाको सभापतित्वमा सम्पन्न भएको थियो ।
Comments