Sajhamanch Archive

अर्जुनधारा १० को टोलटोलमा देवराज र चिन्तन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by .

अर्जुनधारा । बसोबासमा देखिएका समस्या, गरिबी उन्मुलन तथा भूमि सम्बन्धी समस्याको समाधानमा आफ्नो पार्टी सदैब लाग्ने नेकपा एमाले स्थायी कमिटीका सदस्य देवराज घिमिरेले बताएका छन् ।

झापा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार घिमिरेले आज अर्जुनधारा नगरपालिका वडा नं. १० मा आयोजित चुनावी घरदैलो कार्यक्रममा उक्त धारणा राखेका हुन् ।

पछिल्लो एक हप्तादेखि एमालेका उम्मेदवारहरु स्थानीय बासिन्दाको गुनासो र सुझाव संकलन गर्दै निर्वाचन क्षेत्रका टोलटोलमा पुगिरहेका छन् । सोही क्रममा अर्जुनधारा १० पुगेका नेता घिमिरेले नेकपा एमालेको नेतृत्वमा सरकार बने उत्पादकत्व बृद्विदेखि बजारीकरण लगायतका समस्यासमेत समाधान गर्ने विश्वास दिलाए ।

आफू विजयी भएर संसद पुगेपछि यस्ता समस्या समाधानका लागि ऐन, कानून र नीति निर्माण गरी त्यसको कार्यान्वयन गर्ने नेता घिमिरेको प्रतिवद्धता छ । एमाले सरकारमा पुग्यो भने सबैतिर विकासको लहर ल्याएर आफ्नो पार्टी समाजबाट बिलय हुने डरले अन्य दलहरु गठबन्धन गर्न बाध्य भएको उनको आरोप छ ।

नेता घिमिरेले कृषिको क्षेत्रमा दिनुपर्ने सहुलियत र सुविधामा एमालेको सरकारले केही कसर बाँकी नराख्ने भन्दै विकास निर्माणको काममा एमालेको कार्यशैली अरु पार्टीले अवलम्बन गर्नै नसक्ने पनि दावी गरे ।

सो भेटघाटमा क्षेत्र नं. २ प्रदेशसभा २ का उम्मेदवार चिन्तन पाठकले बाटोघाटोसँगै अन्य पूर्वाधारको निर्माणमा आपूm क्रियाशील भएर लाग्ने प्रतिवद्धता जनाए । उनले सबै नागरिकको मनमनमा बसेर जनसेवा गर्ने अभिलाषा पूरा गर्न आफूले जित्नैपर्ने बताए ।

उक्त अवसरमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता थियो । झापासहित देशका विभिन्न जिल्लामा नेकपा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *