Sajhamanch Archive

गठबन्धन सरकारले दर्जनौं सडक निर्माण रोक्यो : प्रदेशसभा सदस्य उम्मेदवार कार्की

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, समाज by .

बिर्तामोड । नेकपा एमालेबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार एकराज कार्कीले विकास योजना मै कैंची हान्ने गठबन्धनका उम्मेदवारलाई आसन्न निर्वाचनबाट विदा गर्न आह्वान गरेका छन् ।

चुनाव प्रचार प्रसारका क्रममा मतदाताका घर आँग पुगिरहेका एमालेका प्रदेश कमिटी सदस्य कार्कीले देशको विकास गर्ने पार्टी एमाले मात्र भएको बताएर वर्तमान सत्ता गठबन्धनको आलोचना गरेका हुन् ।

कार्कीले एमाले सरकारले अघि सारेको १४ सयवटा सडक निर्माणको योजना गठबन्धन सरकार आएपछि कटौती गरेको मतदातालाई अवगत गराउँदै विकासका लागि एमालेमात्र सच्चा राजनीतिक दल भएको बताए ।

झापा क्षेत्र नं. २(१) का उम्मेदवार कार्कीले देशभरका १४ सय सडक निर्माण योजना कटौती गरेको बताउँदै विकास विरोधी गठबन्धनका उम्मेदवारलाई पराजित गर्नुपर्ने बताए । उनले गठबन्धन सरकार आएपछि बिर्तामोडभित्र दर्जनौं सडक निर्माणको योजना कटौती भएको पनि जानकारी दिए ।

घरदैलोका क्रममा टोलटोलसम्म पुगेका कार्कीले कांग्रेस नेतृत्वको गठबन्धन आए विकास नै अवरुद्ध हुने स्पष्ट बनाएका छन् । उनले भने विकासका लागि एमालेलाई सूर्यमा मतदान गर्नैपर्छ । मत माग्दै मतदातासम्म पुगिरहेका कार्कीले जनताको गुनासो सुन्दै समस्या समाधानमा लाग्ने प्रतिवद्धता गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *