Sajhamanch Archive

बिर्तामोडमा नेपाल मुस्लिम इत्तेहाद संगठनकाे नगर कमिटी गठन

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by .

बिर्तामोड । झापाकाे बिर्तामोडमा बसाेबास गर्ने मुस्लिम समुदायकाे आज बिर्तामोडमा सम्पन्न प्रथम बिर्तामाेड नगर अधिवेशनबाट १७ सदस्यीय नयाँ कमिटी गठन गरिएकाे छ ।

नेकपा एमालेकाे जनसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठनका जिल्ला कमिटी उपाध्यक्ष साबिर अन्सारीकाे अध्यक्षतामा भएकाे प्रथम अधिवेशनकाे प्रमुख आतिथ्य संगठनका केन्द्रीय सचिव अफ्राेज खानकाे रहेकाे थियाे ।

नवगठित नगर किमटीकाे अध्यक्षमा नसिम अख्तर चुनिएका छन् । कमिटीकाे उपाध्यक्षमा माेहम्मद सफदर अन्सारी, सचिवमा इसाक आलम, काेषाध्यक्षमा आफरिन खातुन चुनिएका छन् । यस्तै सहसचिवमा माेहिन खान र वाहिद मिया र अन्य सदस्यहरू रहेका छन् ।

नवनिर्वाचित नगरकमिटीका पदाधिकारी सदस्यहरूलाई केन्द्रीय सचिव अफ्राेज खानले सपथग्रहण गराएका थिए । कार्यक्रममा नवनिर्वाचित नगर अध्यक्ष नसिम अख्तरले प्रतिवद्धता जनाएका थिए ।

साे अधिवेशनमा संगठनले तत्काल चुनेका सल्लाहकार संयाेजक अस्लम खानले बधाई मन्तब्य राख्दै आसन्न निर्वाचनमा भाेट हाल्ने तरिका घरकाे मान्छेलाई सिकाउनुस्, छरछिमेकीलाई सिकाउनुस् भन्ने भनाई राखे । उनले पैसा दिने मानिसकाे पक्षमा लाग्ने हाेइन, इमानदार व्यक्तिको पक्षमा एमालेकाे सूर्य चिन्हमा भाेट हालाैं भन्ने आह्वान गरे ।

साे कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य तथा २ नं. क्षेत्रीय संयाेजक बद्री भट्टराई, जिकस तथा बिर्तामोड इन्चार्ज देवराज कार्की, जिकस तथा प्रचार विभाग प्रमुख गाेपाल काफ्लेले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै पार्टीको काममा लाग्न सुझाव दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *