तमु प्ये ल्हु संघ जिल्ला कार्यसमितिद्वारा कलाकार सम्मानित
Published:
by .अर्जुनधारा । तमु प्ये ल्हु संघ जिल्ला कार्यसमितिको आयोजनामा हालैको देउसी भैलो कार्यक्रमको आय ब्यय सार्वजनिक गर्दै कलाकारहरुलाई सम्मान गरिएको छ ।
देउसी भैलो कार्यक्रममा कलाकारिता क्षेत्रबाट उच्च योगदान पुर्याएका कलाकारहरुलाई सम्मान गरिएको प्ये ल्हु संघको केन्द्रीय युवा समितिका द्वितीय उपाध्यक्ष अर्पण गुरुङले जानकारी दिएका छन् ।
जिल्ला अध्यक्ष रामकुमार तमुको सभापतित्वमा शनिबार अर्जुनधारा ६ मा आयोजित स्वागत सम्मान कार्यक्रममा १५ जना कलाकारलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
उनीहरुलाई प्रमुख अतिथि अर्पण तमु, जिल्लाको सल्लाहकार संयोजक महेश गुरुङ, विशेष अतिथि प्रदेश उपाध्यक्ष चन्द्र पोजु, कोषाध्यक्ष नरकुमार तमु लगायतले प्रमाणपत्र र मायाको चिनोसहित सम्मान गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय युवा समितिका द्वितीय उपाध्यक्ष अर्पण गुरुङले तमु जातिको धर्म सस्कृति, संस्कार, भेषभुषाको पहिचान गरी विकास र प्रवर्द्धन गर्न यस्ता देउसी भैलो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भविष्यमा विभिन्न क्रियाकलाप गर्दै बृहत कार्यक्रम गर्नुपर्नेमा पनि जोड दिए ।
त्यस्तै प्रदेश १ का उपाध्यक्ष चन्द्र पोजुले झापा जिल्ला संघले गरेको यस्तो कार्यक्रमको खुलेर प्रशंशा गरे । तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति उपाध्यक्ष श्याम तमुले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रन्जित तमुले गरेका थिए ।
Comments