Sajhamanch Archive

एमाले अध्यक्ष ओली मंगलबार सालबारीमा, बुधबार दमकमा आउने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा आली भोलि (मंगलबार) गृह जिल्ला आउने भएका छन् ।

दुई दिने कार्यक्रमका लागि अध्यक्ष ओली मंगलबार १ बजे झापा आउने भएका हुन् । नेकपा एमाले झापा क्षेत्र नं. ५ का संयोजक तथा निर्वाचन परिचालन कमिटीका सचिव तुलसी कार्कीका अनुसार दुई दिने कार्यक्रम अन्तरगत अध्यक्ष ओली बुधबार दिनभर आफ्नो निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने छन् ।

भोलि मंगलबार २ बजे झापा क्षेत्र नं. २ अर्जुनधारा को सालबारीमा आयोजना गरिएको २ नम्बर क्षेत्र स्तरीय आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीका २ नम्बर क्षेत्रीय संयोजक बद्री भट्टराईका अनुसार सोही कार्यक्रममा झापा २ को क्षेत्रीय घोषणापत्र पनि सार्वजनिक गरिनेछ ।

कार्कीका अनुसार २३ गते १२ बजे दमकको रोयल पार्टी प्यालेसमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने व्यक्तिहरुलाई स्वागत गर्ने कार्यक्रम छ ।

कांग्रेसका जिल्ला स्तरीय नेताहरु, जसपाका केन्द्र र प्रदेश स्तरीय नेताहरु त्यस अवसरमा नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम छ । यस्तै माओवादीबाट नगर स्तरीय ठूलो संख्यामा कार्यकर्ता एमाले प्रवेश गर्ने सचिव कार्कीले जानकारी दिए ।

२घ गते नै अध्यक्ष ओलीले दमक फनपार्कमा पहिलो मतदाता तथा शुभेच्छुकसँग ४ घण्टा बिताउने छन् । ‘केपी बा विथ फष्ट भोटर्स’ नाम दिइएको सो कार्यक्रममा ओलीले सहभागीहरुसँग तस्वीर खिच्ने र अन्य सांगीतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको प्रचार प्रमुख ध्रुव प्रसाद न्यौपानेले बताए । अध्यक्ष ओली २४ गते काठमाडौं फर्कनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *