चुनावअघि सहकारीलाई साधारणसभा गर्न रोक
Published:
by .हेटौंडा । बागमती प्रदेश सरकारले मंसिर ४ गतेसम्म सहकारी संघ–संस्थालाई साधारणसभा गर्न रोक लगाएको छ ।
प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार सूचना निकालेर साधारणसभा नगर्न निर्देशन दिएको हो ।
साधारणसभा गर्दा केही सहकारीले जनप्रतिनिधि, प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारलाई अतिथि बनाउँदा आचारसंहिता उल्लंघन हुने भएकाले चुनावसम्मका लागि साधारणसभा नगर्न अनुरोध गरिएको मन्त्रालयका उपसचिव नारायणप्रसाद ज्ञवालीले बताए ।
चुनाव नजिकिदै गएको र सहकारीका कार्यक्रमहरुमा उम्मेदवारहरु नैं पुगेर भोट माग्न थालेको गुनासो आउन थालेपछि निर्वाचन अवधिभर साधारणसभा नगर्न निर्देशन दिइएको उनले बताए ।
बागमती प्रदेश नेपालकै धेरै सहकारी भएको प्रदेश हो । पछिल्लो तथ्यांक अनुसार देशभर ३४ हजार ७ सय १२ सहकारी रहेकोमध्ये ११ हजार ५७७ सहकारी बागमती प्रदेशमा मात्रै रहेको छ ।
Comments