मतदाता परिचयपत्र छैन ! मतदान गर्न जाँदा यसो गर्नुस् है …..
Published: (Updated: )
by .काठमाडौं । निर्वाचन आयोगले २०७९ मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न सरकारी आधिकारिक परिचय पत्र भए पनि हुने निर्णय गरेको छ ।
आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र नभएमा अन्य आधिकारिक पहिचान खुल्ने प्रमाणपत्र लिएर जान आग्रह गरेको छ ।
आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कलै प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ ।
आयोगले उक्त निर्णय गरेको र सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको जनाएको छ । निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको वा नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
Comments