Sajhamanch Archive

एभरग्रीनमा १२ ले लगाइदिए ११ लाई माला र अबिर

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by .

बुद्धशान्ति । न्यू एभरग्रीन अंग्रेजी मावि बुद्धशान्ति ४ मा कक्षा १२ का विद्यार्थीले कक्षा ११ का नयाँ विद्यार्थीलाई एक कार्यक्रम गरी स्वागत गरेका छन् ।

द्यिालय परिसरमा आयोजित स्वागत कार्यक्रममा कक्षा १२ का विद्यार्थीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई सयपत्रीको माला र अबिरले स्वागत गरेका हुन् ।

विद्यालयका शिक्षक चूडामणि निरौलाका अनुसार कक्षा १२ का विद्यार्थीले नृत्य र गायन लगायत सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण ढुङ्गानाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति ४ का वडाध्यक्ष शेरबहादुर रायले विद्यार्थी र विद्यालयको प्रगतिको शुभकामना दिएका थिए।

सो विद्यालयबाट उत्पादन भएका विद्यार्थीले विद्यालयको नाम गर्व गर्न लायक बनाएको भन्दै उत्कृष्ट शिक्षाको लागि शहरतिर जान नपर्ने उनको भनाई थियो ।

कार्यक्रममा प्याब्सन बुद्धशान्तिका अध्यक्ष गङ्गा निरौलाले न्यू एभरग्रीन जिल्लामै नमूना विद्यालयको रुपमा स्थापित भएको भन्दै शुभकामना दिएका थिए ।

प्याब्सन झापाका सदस्य बिष्णु सापकोटाले विद्यार्थीलाई रचनात्मक कार्यमा प्रेरित गरेको भन्दै प्रिन्सिपल तिलक पाख्रिनको प्रशंसा गरे । अभिभावकको तर्फबाट दिलिप सरदारले शुभकामना मन्तव्य राखेका थिए।

कक्षा ११ का विद्यार्थी गोमा राई र स्वस्तिका न्यौपानेले एभरग्रीन विद्यार्थीहरुको रोजाईमा परेको बताएका थिए।

सो कार्यक्रममा मंगलबारे बजार समितिका अध्यक्ष भक्तबहादुर ग्लानले विद्यालयले गरेका विभिन्न क्रियाकलापले स्थानीय स्तरमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे।

पूर्व विद्यार्थी बिष्णु लामिछानेले न्यू एभरग्रीन स्कूल पढेको विगतलाई सम्झिँदै आफूलाई यो अवस्थामा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उद्घोष गरेका थिए।

कक्षा १२ का विद्यार्थी आशा लिम्बूले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन गुणराज अर्यालले गरेका थिए।

वि।स। २०५३ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा नर्सरी देखि कक्षा १२ सम्म ९५५ विद्यार्थी अध्यनरत छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *