Sajhamanch Archive

‘गठबन्धन सरकार ढोेड र सुन्ठीको बैशाकी टेकेर हिडेकोे छ’ एमाले अध्यक्ष ओेली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

कनकाई । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक र कालापानीको भूमि फिर्ता ल्याउँछु भन्दा प्रधानमन्त्री शेरबहादुर देउवालाई किन टाउकोे दुखेकोे हो भनी प्रश्न गरेका छन् । ‘उक्त जमिन देउवाको होइन, नेपालकोे भूमि भारतले अनाधिकृत रुपमा हडपेकोले फिर्ता ल्याउने हो, विदेशीको आशीर्वाद होइन नेपाली जनताको आशीर्वाद लिनुपर्ने’ देउवालाई ओलीको सुझाव छ ।

आज झापाको सुरुङ्गामा आयोेजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओेलीले बाल्यकाल पनि सम्झिए । २०२० सालमा राजा महेन्द्र झापा भ्रमणमा आउँदा कनकाईमा चित्राले बनाएको एउटा लच्किने पूल पनि बनाइएको स्मरण गर्दै उनले त्यो एतिहासिक बाटोलाई अब निर्माण गरेर शिवगञ्ज–चन्द्रगढी सिधा जोड्न कनकाई र विरिङमा दुईवटा पूल निर्माण गर्न आवश्यक रहेकोले एमाले सरकारले उक्त पूल बनाउने बचन दिए ।

नेकपा एमालेले साढे तीन वर्षे कार्यकालमा गरेका ८२ माइलस्टोनका बारेमा जानकारी गराउँदै अब ५ वर्षे कार्यकालमा ट्वान्टी ग्यारेन्टी (२० वटा प्रतिवद्धता) पूरा गर्ने उनले शंखघोष पनि गरे ।

कोही कोहीले ५ पटक प्रधानमन्त्री हुँदा पनि देशमा गर्व गर्न लायक कुनै काम गर्न नसकेको टिप्पणी गर्दै ओलीले भने ‘आफू प्रधानमन्त्री हुँदा तुइन युगको अन्त्य गरेर अर्को युगको सुरुवात गरेकोे, रेल मार्ग, सुरुङ्ग मार्ग लगायत गर्व गर्न लायक राष्ट्रिय गौरवका धेरै आयोेजनाहरुकोे सुरुवात गरेको, चीनसँगको बाटो खुल्ला गरेकोे, देशकोे सन्तुलितको विकासका लागि ९ सको अवधारणा अघि सारेकोे’ बताए ।

नेपाली जनता र राष्ट्रको हितभन्दा पनि विदेशीका लागि कम्फरटेवल सरकार बनाउन तल्लिन वर्तमान सरकारले राज्यका हरेक अङ्गलाई सन्तुलित र स्वतन्त्र बनाउनुकोे सट्टा शक्तिको दुरुपयोग गरी राज्यका निकायहरु माथि हस्तक्षेप गरेकोे पनि आरोप लगाए । बैशाकी नटेकी हिंड्न नसक्ने कांग्रेस अहिले एउटा ढोेडकोे र एउटा सुन्ठीको बैशाकी टेकेर हिडिरहेकोेउनको टिप्पणी छ । सो सरकारलाई आगामी दिनमा हटाएर जनताको भावना अनुरुपको सुदृढ राष्ट्रिय सरकार बनाउनु पर्ने र त्यो काम एमालेले मात्र गर्नसक्ने ओलीले जिकिर गरे ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एलपी साँवा लिम्बू र प्रदेश सभा (२) का उम्मेदवार, राप्रपा नेता भक्तिप्रसाद सिटौैलाले पनि चुनावी सभालाई सम्बोधन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *