जसपाका प्रदेश अध्यक्ष प्रविण चाम्लिङसहित २३३ जनाले जसपा छाडे
Published:
by .दमक । जनता समाजवादी पार्टी (जसपा)का प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङसहित २३३ जनाले एकैसाथ सो पार्टी छाडेका छन्।
आज बिहीबार झापाको दमकमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टी छाडेको घोषणा गरेका हुन् । पार्टी छाड्नेमा विभिन्न जनवर्गीय संगठनका केन्द्रीय नेतासहित प्रदेश, जिल्ला, क्षेत्र र नगरका नेताहरू रहेको चामलिङले जानकारी दिए ।
दलहरूको सिद्धान्त र व्यवहार फरक फरक भएको भन्दै चाम्लिङसहितका नेता कार्यकर्ताले जसपा छाडेको बताएका छन् ।
‘पार्टीको विचलित सिद्धान्त र दर्शनले जनता र राष्ट्र निर्माण हुन नसक्ने देखिएका कारण पार्टी परित्याग गरेका हौँ ।’
पर्टीको यही नेतृत्वले पार्टीलाई उद्देश्य प्राप्ति गर्न नसक्ने भन्दै जसपा छाडेको उनको भनाई छ ।
Comments