झापा निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेको प्रतिबद्धता–पत्र
Published:
by .२०७९ मङ्सिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमाहामी नेकपा एमालेकातर्फबाटप्रतिनिधि सभा सदस्यका लागि क. देवराज घिमिरे, प्रदेश सभा निर्वाचन क्षेत्र नं. २-१ का लागि क. एकराज कार्की र प्रदेश निर्वाचन क्षेत्र नं. २-२ का लागि क. चिन्तन पाठकउम्मेद्वारको रुपमाप्रस्तुत भएकाछौ। यस निर्वाचनमा हामी निर्वाचित भएको खण्डमानिर्वाचन क्षेत्र नं २ बासी सम्पूर्ण आमाबुबा, दिदीबहिनी, दाजुभाइहरु समक्ष निम्नानुसारका क्षेत्रगत विषयलाई सम्बोधन गर्ने प्रतिबद्धताव्यक्त गर्दछौं।
कृषि
- यो क्षेत्र अन्तरगतका चारवटै स्थानीय तहहरु (बिर्तामोड, अर्जुनधारा, कनकाई र बुद्धशान्ति) मा प्रमुख अन्नबालीको रुपमा धान उत्पादन हुने भएकोले माटो परीक्षण र संभावनाका आधारमा नयाँ नयाँ बीउहरुको पहिचान गरी धान उत्पादनकोविशेषक्षेत्रको रुपमा विकास गरिनेछ.
- अर्गानिक कृषि उपज उत्पादनका लागि निश्चित क्षेत्र र बाली निर्धारण गरी इच्छुक किसानलाई स्थानीय तहमा दर्ता हुने व्यवस्था मिलाई आवश्यक सीप प्रविधि सहित अनुदानको व्यवस्था मिलाइनेछ ।
- सुपारी,कागती,चिया कफी,रबर तथा मरीच उत्पादन वृद्धि तथा व्यवस्थापन गर्न व्यावसायिक रुपमा उत्पादनमा लागेका कृषकहरुलाई वार्षिक उत्पादनको सीमा निर्धारण गरी आवश्यक बजारीकरणकोव्यवस्था गरिनेछ । माछापालन व्यवसायलाई प्रवर्धन गरिनेछ ।
- अन्न¸नगदेबालीतथा तरकारी बालीमा संलग्नकिसानहरुलाई वर्गीकरण गरी परिचय पत्र उपलब्ध गराउनेर उत्पादनका आधारमा उत्कृष्ट किसानलाई सम्मान तथा अनुदान कार्यक्रमहरु संचालन गरिनेछ।
- बाली बीमा कार्यक्रमलाई बढावा दिदै अभिमुखीकरण सहित स्थानीय तहहरु मार्फत लागत साझेदारी कार्यक्रम संचालन गरिनेछ ।
- बिचौलियाहरुको चंगुलबाट मुक्त गरी किसानलाई प्रत्यक्ष लाभ दिन क्षेत्रगत हिसाबले व्यवस्थित कृषिउपज बजार संचालन गरिनेछ ।
- राष्ट्रिय स्तरमा नै कृषि मल कारखाना स्थापना गर्न आवश्यक पहल गरिनेछ ।
पशुपालन
- व्यवसायिक पशुपालन गर्ने कृषकहरुका लागि आधुनिक प्रविधि प्रयोगमा लागत साझेदारीको व्यवस्था गरिने छ।विशेष गरी गाईको नश्ल सुधार गरी दुग्धजन्य उत्पादनमा आत्म निर्भर बनाइनेछ । पशुबीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्नवयन गर्न लागत साझेदारी व्यवस्था मिलाइनेछ ।
- स्थानीय आदीवासीहरुले पालन गर्दै आएको जुरी गाईको प्रवर्द्धन गर्नकिसानहरुलाई सीप प्रविधि सहित आवश्यक नीति निर्माण गरी सहयोग कार्यक्रम संचालन गरिनेछ ।
- स्थानीय लोपोन्मुख “प्वाख उल्टे घाँटी खुइले कुखुरा” तथा “सिंगारी बाख्रा” प्रवर्द्धनका लागि स्थानीय सरकार मार्फत विशेष कार्यक्रम संचालन गरिनेछ । व्यवसायिक रुपमा “धराने कालो बंगुर” पालन कार्यक्रम प्रवर्धन गरिनेछ ।
- “सेतो मासु” का लागि उत्कृष्ट मानिएको खरायो पालन व्यवसाय प्रवर्द्धन गर्न र उपयोग बढाउन विशेष कार्यक्रम संचालन गरिनेछ ।
- बिर्तामोड, बुधवारे, शनिश्चरे तथा लक्ष्मीपुर बजार क्षेत्रमा व्यवस्थित र सफा पशु बधस्थल निर्माण गरिनेछ ।यस क्षेत्रमा पर्ने पशु बिक्रीस्थलहरुलाई स्तरोन्नति गरिनेछ ।
पर्यटन
- महाभारतकालीन पौराणिक तथा धार्मिक महत्वका स्थानहरु विराट पोखर, अर्जुनधारा (विश्व संपदा सूचीमा समावेश भएको)¸पाण्डवपुर, पाँचपोखरी तथा किचकबधलगायतकोएकीकृत सांस्कृतिक, धार्मिक पर्यटनका लागि विशेष योजना बनाइ आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षित गरिनेछ ।
- अर्जुनधारा नगरपालिकामा रहेको सहकाले झरना, रोधी डाँडा¸सुखानी सहिद सहादतस्थलरस्मृति पार्कलाई थप व्यवस्थित बनाई आकर्षक पर्यटकीय स्थलको निर्माण गरिनेछ । विभिन्न क्षेत्रमा “होम स्टे” तथा “सेल्फि स्टे” को समेत स्थापना र व्यवस्थापन गरिनेछ ।
- मठ – मन्दिर, माङहीम, गुम्बा, चर्च, मस्जिद लगायतकाधार्मिक सम्पदाको एकीकृत संरक्षण रसम्वर्द्धन कार्यक्रम संचालनका लागि आवश्यक नीति निर्माण गरी सामूहिक अवलोकन तथा अनुसन्धान सहितको सामाजिक सद्भाव वृद्धि गर्ने कार्यक्रम संचालन गरिनेछ ।
- बिर्तामोड रामचोकमा बाल तथा जेष्ठ नागरिक उद्यान तथा नाडियावारीमा शहिद पार्क निर्माण गरिनेछ। शहीद नेत्र पार्कको निर्माण कार्य सम्पन्न गरी संचालन गरिनेछ । ऐतिहासिक धिमाल गढ, कनकाई रमणीय वनभोज स्थल, बाह्रदशी पौराणिक पोखरी प्रवर्द्बन गरिनेछ ।
उद्योग व्यापार तथा व्यवसाय
- उद्योगी व्यापारी व्यवसायिको लागि विपद् राहत कोष स्थापना गरी संचालन गरिनेछ ।
- पुरानो शनिश्चरे बजारमा परम्परागत सीपमा आधारित घरेलु उद्योगको विकास गरिनेछ। स्थानीय साधन श्रोतमा आधारित काठ, बास, ढुंगा, माटोतथा पातमा आधारित सामाग्री उत्पादन गर्ने लघु उद्यमहरु स्थापना गरिनेछ ।
- आवश्यक स्थान पहिचान गरी सुपारी, चिया तथा रबर प्रशोधन उद्योग र बजारीकरणका समस्याहरुमा सहजीकरण गरिनेछ ।
- सार्वजनिक, नीजी तथा उत्पादकको साझेदारी (Public Private producer partnership ) मा उद्यम व्यवसाय मार्फत कम्तीमा १००० युवालाई स्वरोजगार बनाइनेछ । सिकर्मी, डकर्मी,प्लम्विङ इलेक्ट्रोनिक्स इलेक्ट्रिकल, हेयर कटिङ,ब्युटि पार्लर लगायत अन्य आवश्यक सीप प्रदान गरी दक्ष श्रमिक उत्पादनगरिनेछ ।
- बिर्तामोड बजारमा भएका खाली सार्वजनिक जग्गाहरु पहिचान गरीपार्किङ स्थलको व्यवस्था गरिनेछ रअव्यवस्थित बेचबिखनलाई उचितठाउँमाव्यवस्थापन गरिनेछ ।
- E-Commerce अन्तरगत उद्योगी व्यवसायीहरुलाई Online Marketing का लगि आवश्यक software निर्माण गरि सर्वसुलभ विज्ञापन तथा प्रवर्द्धन र बिक्रीवितरणको व्यवस्था मिलाइनेछ ।
- अब स्थापना हुने उद्योगहरुलाई एकत्रित गर्नका लागि औधोगिक क्षेत्र निर्धारण गरिनेछ । आवश्यक पूर्वाधार सहित स्थानान्तरण हुनेहरुका लागि समेतआवश्यक प्रबन्ध गरिनेछ ।
- साना उद्यमीहरुलाई स्थानीय तहको सिफारिसमा बिना धितोसहुलियत कर्जा उपलब्ध गराउननीति निर्माणमा पहल गरिनेछ ।
- सरकारी तथा सहकारी साझेदारीमा कृषि तथा पशुजन्य उद्योगहरु स्थापना/ बिस्तार र वर्गीकृत गरी प्रत्यक्ष तथा परोक्ष रोजगारी सृजना गरिनेछ ।
बैंक वित्तीय संस्था तथा सहकारी विकासः
- बैंकसँगको पहुँच वृद्धि गर्न बैक र नागरिक बीच अन्तरसम्बन्ध स्थापित हुने सचेतनामूलक कार्यक्रम सञ्चालन गरिसबै नागरिकहरुलाई बैंकखाता मार्फत कारोवार गर्ने व्यवस्था मिलाइनेछ ।
- बैकहरुसँग समन्वय गरी शाखाहरुबिस्तार गर्ने वातावरण मिलाइनेछ । सहकारीहरुमा निक्षेपकर्ताको निक्षेप सुरक्षित गर्न आवश्यक नीति निर्माण गरी नियमन गरिनेछ ।
- स्थानीय साधन, श्रोत, सीप र रोजगार प्रवर्द्धन हुने क्षेत्रएवम्महिला समूह/सहकारीद्वारा संचालित उद्योग व्यवसायहरुमा लगानी गर्न,सामूहिक जमानीमा कर्जा लिने प्रकियालाई सहज र ऋण सुविधामा पहुँच वृद्धि गर्ननीतिगत व्यवस्थाका लागि पहल गरिनेछ ।
- विप्रेषणलाई आयमूलक क्षेत्रमा लगानी गर्न सम्बन्धित परिवारहरुमा वित्तीय साक्षरता, सीप विकास, उद्यमशीलता विकास अभिमुखीकरणगरी क्षमता अभिवृद्धि गरिनेछ ।
सुरक्षित आप्रवासन र वैदेशिक रोजगारी
- स्थानीय तहहरुससँग समन्वय गरी गन्तव्य राष्ट्र/ स्थानका बारेमा भाषा, संस्कृति, रहनसहन जस्ता सामाजिक पक्ष, सुरक्षा व्यवस्था, नीति नियम, दण्ड सजायतथा सहायता केन्द्र जस्ता विषयहरुमा रोजगारीमा जाने युवाहरुलाई अभिमुखीकरण गर्दै आपतकालीन अवस्थामा समेत सुरक्षित रहन सक्ने सूचनाहरुकोप्रदान गर्नHelpdesk स्थापनागरिनेछ ।
- स्थानीय तहसँग समन्वय र सहकार्य गरीगन्तव्य क्षेत्रमा हुन सक्ने चोरी, ठगी, नोक्सानी, सम्झौता उल्लंघन, जालसाजी जस्ता विषयहरुमा पीडित पक्षलाई कानुनी सहायता सेवा उपलब्ध गराउने इकाई स्थापना गरिनेछ ।
- वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको अभिलेख स्थानीय तहमा अद्यावधिक गरी सीप अभिवृद्धि तथा उद्यमशीलता विकास मार्फत स्वरोजगारीका लागिअवसरहरु सृजना गरिनेछ ।
शिक्षा
- यस क्षेत्रमा आधारभूत शिक्षाबाट वञ्चित करिब१२ % बालबालिका तथा गृहिणीहरुलाई औपचारिक तथा प्रौढ शिक्षाको माध्यमबाट साक्षर बनाउन उत्प्रेरित गरिनेछ ।
- सुरक्षित भवन नभएका सामुदायिक विद्यालयहरुमा मापदण्ड अनुसारका भवन निर्माण गरिनेछ ।
- विद्यालय बाहिर रहेका उमेर समूहका किशोर किशोरीहरुलाई विद्यालयमा आधारित वैकल्पिक खुल्ला तथा अनौपचारिक शिक्षा मार्फत निरन्तर शिक्षा कार्यक्रम संचालन गर्न प्रोत्साहित गरिनेछ ।
- नीजि क्षेत्रद्वारा संचालित शिक्षालयहरुकोयोगदान,भोग्नु परेका समस्याहरु र नीतिगत सुधारका लागि सरोकारवालासँग समन्वयगरीआवस्यक पहल गरिनेछ |
- शहीद,द्वन्द्व पीडिततथा अपाङ्गता भएका परिवारका विद्यार्थीहरुलाई विशेष छात्रवृत्तिको व्यवस्था गर्न नीतिगत तहमा पहल गरिनेछ ।आधारभूत तहसम्म स्थानीय मातृभाषामा शिक्षा प्रदान गर्न विद्यालयहरुलाई प्रोत्साहन गरिनेछ । अनिवार्य रुपमा विषयगत शिक्षक र शिक्षकहरुलाई आवश्यक तालिम प्रदान गरी प्रविधिमैत्री बनाइनेछ । प्राविधिक शिक्षालय स्थापना गर्ने र भइरहेका शिक्षालयहरुमा प्रवर्धनगरी दक्ष प्राविधिक जनशक्ति उत्पादनगरिनेछ ।
- वैकल्पिक शिक्षाको लागि अनलाइनबाट शिक्षा लिने रदिने प्रविधिको विकास र नीतिगत व्यवस्था गरी सुरुवात गरिनेछ ।विद्यालयहरुमा डिजिटल प्रविधिमा आधारित शिक्षण सिकाई विधिलाई प्रवर्द्धन गरिनेछ ।
- किताब मात्र हेरेर पढ्ने प्रचलनलाई कम गर्दै खोजी गरी पढ्ने बानीको विकास गराउन किताबका डिजिटल कपिहरु बनाई वेभसाइटमा राख्ने व्यवस्था मिलाउन आवश्यक पहल गरिनेछ ।
- गुरुकुल, संस्कृत विद्यालय, मदरसा, किराँत पाठशालार अन्य आदिवासी जनजातिका पाठशालाहरुको प्रवर्द्धन एवम् विकासका लागि पहल गरिनेछ ।
स्वास्थ्य
- बिर्तामोड क्षेत्र भित्र विकसित भइरहेका स्वास्थ्य प्रतिष्ठानहरुलाई अझ विकसित र बिस्तार गर्दै मेडिकल हवको रुपमा विकास गरी स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचमा पुर्याइनेछ । बिर्तामोड स्थित मेडिकल कलेजहरुलाई सम्बन्धन प्रदान गर्न आवश्यक पहल गरिनेछ । क्षेत्रभित्रका सबै सरकारी सेवाकेन्द्र, अस्पतालहरुलाईस्तारोन्नति गरिनेछ ।
- “स्वास्थ्य बिमा”कार्यक्रमसबै नागरिकको पहुँचसम्म पुर्याउन सरोकारवालाहरुसँग आवश्यक समन्वय र सहकार्य गरिने छ ।विपन्न तथा लक्षित परिवारहरुका लागि निःशुल्क स्वास्थ्य बिमा गराउनेकार्यक्रम सञ्चालन गरिने छ ।
- स्वास्थ्य संस्थाहरुको स्तर र मापदण्ड अनुसार हुनुपर्ने न्यूनतम पूर्वाधार तथा उपकरणहरुको व्यवस्था गरी सुविधा सम्पन्न बनाइनेछ । त्यस्ता पूर्वाधारहरुको संरचना फरक क्षमतामैत्री, व्हिलचेयर मैत्री, बालमैत्री तथा महिला मैत्री बनाइनेछ ।
- दरबन्दी अनुसारका स्वास्थ्य कर्मचारी साथै दक्ष र अनुभवी स्वास्थ्यकर्मीहरुको व्यवस्था मिलाइनेछ ।महिला स्वास्थ्य स्वयम् सेविकाको क्षमता रवृत्ति विकास गरिनेछ ।
- जेष्ठ नागरिकहरुका लागि नियमित र निशुल्क स्वास्थ्य जाँचका लागि गाउँबस्तीस्तरमा आवधिक रुपमा घुम्ति शिविरसंचालन गरिनेछ ।
- “योगा” लाई स्वास्थ्यको महत्वपूर्ण अंगको रुपमा विकास गर्न पालिका स्तरमा योग केन्द्रहरु स्थापना गरी संचालन गरिनेछ ।
खानेपानी तथा सरसफाईः
- सबै गाउँबस्ती, समुदाय तथा घरधुरीमा शुद्ध खानेपानी उपलब्धताको सुनिश्चितता गरिने छ ।
- चर्पी निर्माण तथा प्रयोगको नियमित अनुगमन गरी सबैको सहज पहुँच र प्रयोगको व्यवस्था मिलाइनेछ।
- बिर्तामोड, शनिश्चरे तथा बुधवारे बजारमा स्नानगृह सहितको सार्वजानिक शौचालयहरु निर्माण गरिनेछ।
- प्रत्येक घर तथा उद्योगबाट उत्पन्न हुने फोहोरलाई कुहिने र नकुहिने छुट्याउन समुदायमा जागरण अभियान संचालन गरिनेछ ।फोहोरलाई विसर्जनका लागि उपयुक्त व्यवस्था मिलाइनेछ । कुहिने फोहोरबाट मल तथा उर्जा उत्पादनको व्यवस्था मिलाइनेछ भने नकुहिने फोहोरलाई पुनःप्रयोगका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
- सहकाले झरना,कालीखोला, चिलिमघाटलगायत अन्यपानीका मुहान तथा श्रोतको संरक्षण र व्यवस्थापनका लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने छ।
लक्षित वर्ग र सामाजिक समावेशीकरण
- कार्यस्थलमा हुने लैङ्गिक तथा यौनिक हिंसा, छूवाछूत एवम् विभेदपूर्ण ज्यालादर लगायत सबै प्रकारका अन्याय र हिंसालाई निरुत्साहित र दण्डित गर्न आवश्यक कानुन निर्माण गरी कार्यान्वयन गरिनेछ ।
- लैङ्गिक हिंसाबाट पीडित महिलाहरुको संरक्षणका लागि अल्पकालीन र दीर्घकालिन सेवा केन्द्रहरु स्थापना गरी मनोसामाजिक विमर्श उपचार एवम् कानुनी सहायताहरु उपलब्ध गराइनेछ ।
- कानुनी विवादमा परेका तथादुर्व्यसनीमा फसेका बालबालिकाका लागि बाल सुधार गृह संचालन गरी संरक्षण गरिनेछ साथै सडक बालबालिका, अनाथ तथा अतिविपन्न बालबालिकाहरुको शिक्षा स्वास्थ्यमा पहुँचको व्यवस्था मिलाइनेछ ।
- उपयुक्त स्थान छनौट गरी सुविधा सम्पन्न जेष्ठ नागरिक भवन निर्माण गरी दिवा सेवा कार्यक्रम संचालन गर्दै जेष्ठ नागरिकहरुको जीवन यापनलाई सहज र सरल बनाइनेछ ।
- अपाङ्गतालाई प्रकृतिका आधारमा उपयुक्त हुने सीपविकास एवम् उद्यमशीलता तालीम प्रदान गरी अपाङ्गता भएका नागरिकहरुको क्षमता अभिवृद्धि गर्दै स्वरोजगार एवम् आयआर्जनका अवसरहरु प्रदान गरिनेछ । मुख्य रुपमा दृष्टिबिहीनन हरुलाई लक्षित गरी ध्वनि पुस्तकालय (Audio library) संचालन गरिनेछ ।
- दलित समुदायको परम्परागत सीपको सबलीकरण गरी समयानुकूल समूह निर्माण गर्दै व्यवसायिक रुपमा परिचालन गरिनेछ ।
- यो क्षेत्रमा बसोबास गर्ने लोपोन्मुख तथा सीमान्तकृत जातजातिहरु (मेचे, वृजा, किसान, लेप्चा,सन्थाल, मुण्डा) को सामाजिक संरक्षण गरी जातीय रीतिरिवाज रपरम्पराहरुको संरक्षण गरिनेछ ।
- आर्थिक तथा सामाजिक रुपमा पछाडिरहेका महिला,बालबालिका,दलित,अपाङ्गता भएका व्यक्ति,जेष्ठ नागरिक, अल्प संख्यक, सीमान्तकृत समुदायको अभिलेख तथा खण्डीकृत तथ्याङ्क राखी सामाजिक र आर्थिक उत्थान कार्यक्रम संचालन गरिनेछ ।
कला भाषा साहित्य र संपदा
- परम्परागत मौलिक एवम् लोपोन्मुख कला संस्कृति भाषा र साहित्यको संरक्षण एवम् प्रवर्द्धनका लागि उपयुक्त स्थान छनौट गरी कला केन्द्र एवंम् प्रतिष्ठानहरु स्थापना र संचालन गरिनेछ ।
- स्थानीय सम्पदा संस्कृतिलाई विद्यालयको पाठ्यक्रममा समावेश गरी पठनपाठनको व्यवस्था मिलाइनेछ ।साथै स्थानीय संस्कृति र सम्पदालाई पर्यटन विकाससंग जोड्दै यसको प्रवर्द्धन गरिनेछ ।
- आवधिक रुपमा स्थानीय तहहरु मार्फत् भाषा कला साहित्य संस्कृतिको प्रवर्द्धनका लागि विभिन्न प्रतियोगिताहरु संचालन गरिनेछ ।
- सबै प्रकारका संस्कृतिलाई एउटै छातामुनी अध्ययन अवलोकन गर्न मिल्ने गरी उपयुक्त स्थानमा बहु सांस्कृतिक संग्राहालय/ पार्क स्थापना गरिनेछ । घैलाडुब्बास्थितकोचसांस्कृतिक केन्द्रको प्रवर्द्धन तथा विकास गरिनेछ ।
युवा तथा खेलकुद
- युवाहरुका लागि सीप, प्रविधि कर्जा व्यवसाय परामर्श बजार सुविधा सहित उद्यम विकास सम्बन्धी एकीकृत कार्यक्रम संचालन गरिनेछ । युवा परामर्श केन्द्र स्थापना गरी सबै प्रकारको परामर्श सेवाहरु प्रदान गरिनेछ ।
- दुर्व्यसनमा फसेका युवाहरुको पुनर्स्थापना गर्न परामर्श तथा पुनर्स्थापना केन्द्रहरु संचालन गरिनेछ ।
- डोमालाल राजवंशी रंगशाला, मदन भण्डारी खेलमैदान, नमूना खेलमैदान, भूजेल डाँडा, बुधवारे खेलमैदान तथा अर्जुनधारा खेलमैदानसहित हाल संचालनमा रहेका अन्य खेलमैदानहरुको स्तर वृद्धि गर्दै व्यवसायकि रंगशालाको रुपमा विकास गरिनेछ । कवर्डहल निर्माण गरी Indoor Game हरु संचालन गर्ने व्यवस्था गरिनेछ ।
- वैदेशिक रोजगारीबाट हासिल गरेको दक्षता, सीप, अनुभव एवम् पुँजीलाई औद्योगिक, व्यावसायिक क्षेत्रमा लगानी गर्न युवाहरुको अभिलेख व्यवस्थापन, सीप विकास, प्रविधि हस्तान्तरणका कार्यक्रमहरु संचालन गरिनेछ ।
- खेल जगतकायुवा प्रतिभा, युवा रोजगार, उद्यमशीलता परामर्श केन्द्र तथा सहजीकरण केन्द्र स्थापना गरिनेछ ।राष्ट्रिय अन्तराष्ट्रिय स्तरका खेलाडीहरुलाई आवधिक रुपमा सम्मान गरिनेछ ।
सडक पुल तथा यातायात
- बिर्तामोड –शनिश्चरे– खुदुनावारी, शनिश्चरे- जयपुर- बुधबारेसडक स्तरोन्नति गरिनेछ ।शहीद राममार्ग (हर्कलाल मार्ग) स्तरोन्नतिसहित कालो पत्रे गर्ने । गरामनी – शहीद नेत्रपार्क जोड्ने सडक, शहीद नेत्रमार्ग चन्द्रमार्ग गरामनी –मेथिबाडी मार्ग र हर्चना-बिरान मार्ग स्तरोन्नति गरिनेछ ।
- रामचोक कुमालबाडी – सैनिक मोड बाटोस्तरोन्नति, मेघाबारी कालिकाचोक – शिवनगर, बिर्ताबजार- मियावाडी –बुट्टावारी, आनन्दगंज– नयाँ बसपार्क, विराटपोखर – चन्द्रमार्ग –सैनिक बजार – नेत्रमार्ग भट्टराई चोक, बिजुली अफिस हुलाकी मार्ग, सैनिकमोड- करेलावारी¸कनकाईरोड, बिर्तासिटी हस्पिटल मुसीचोक अर्जुनधारा , पञ्चकन्या धर्मकाँटा उत्तर , बानालाल मार्ग, रोडकिल होटलबाट वडा नं ३ जोड्ने र लक्ष्मी प्रावि- ठुटेवर, मदन आश्रित मार्ग, देउनीया चोक-सेन्डजेभियर्स- कोलाटोली, हर्चना-पाराखोपी मार्ग, सेन्डजेभियर- भेलागुडी मार्ग, सतालसिं- कोलाटोली-ठुटेवर, गरामुनी-भुसावाडी-मियावाडी- विरान,तित्रेडाँगी-मियावाडी,विराटपोखर- कोलाटोली- खानेपानी कार्यालय सम्मको सडक स्तरोन्नतिगरिनेछ ।
- शनिश्चरे- मिलडाँडा- दहीचोक, शनिश्चरे – कतुवाली – बाघेडाँगी – सुरुङ्गा, लक्ष्मीपुर- रातेखाल- साधुटार,पानीकल-भानुमावि – ॐ चोक – मुसीचोक, मधुमाता-पाण्डवपुर, दुर्गापुर- दहिझोडा- दानावारी, गरुवा- कैदले – जुकेखाडी, गरुवा-बेलटार- साठीमुरे- लाप्चेटार, मदन भण्डारी मार्ग,चारपाने- नारायण चोक- जयपुर, शनिश्चरे-कालिस्थान- सहरेडाँगी, मातामन्दिर- सहिदपार्क सालवाडी – कटरडाँडा – बुधवारे, बुट्टावारी स्टाफ चोक- देउनीया वस्ती – श्रमिकटोल- लाहुरे टोल,हिलेखोला-मिलडाँडा- चुथाई- धौराली चोक- गोपालडाँडा, शनिश्चरे – सुखानी पार्क- मिलडाँडा- चाराली,गिरिबन्धु टि स्टेट- शिवालय मन्दिर- लक्ष्मी धाप- सुखानी पार्क, कालिझोड़ा- सुशेली मार्ग – सहरेडांगीसडक स्तरोन्नति गरिनेछ ।
- बाघेडाँगी–सुरुङ्गा सडकको टाङटिङ खोलामा पक्कीपुल, देउनिया- शहीद नेत्रपार्क पक्की पुल निर्माण गरिनेछ ।
- बिर्तामोड तथा बुधवारे बसपार्कलाई आधुनिक र सुविधायुक्त बनाइनेछ । शनिश्चरे स्थित ट्याक्सी स्ट्याण्डलाई स्तरोन्नति गरिनेछ ।
- कनकाई नगरपालिका वडा नं ८ र ९ को लक्ष्मीपुर- घाग्रा पुल- लकडी गड्डी – पशुबजार – शितल चोक निर्माणाधीन सडकलाई पूर्णता दिइनेछ ।
- घैलाडुब्बा बजारलाई चम्पापुरसँग जोड्ने बिरिङ नदीमा तथा कन्काई ८ भेटवाल गाउँबाट चारपाने जाने घाग्रा खोलामा पक्की पुल निर्माण गरिनेछ । घैलाडुब्बा बजारदेखि बिर्ताबजार जोड्ने गोकुल जोशी मार्ग कालोपत्रे गरिनेछ।
- बुद्धशान्ति ३ स्थित ७ नं चोकबाट पूर्व ८ नं चोक उत्तर किनारा बस्तीबाट मदन भण्डारी मार्ग हुदै नवनिर्मित बिरिङ पुल पूर्व चोकबाट दक्षिण झम्के चोक पूर्व खतिवडा चोक हुदै पूर्व ७ नं चोकसम्मको बुधवारे बाहिरी चक्रपथ निर्माण गरिनेछ । सहरेडाँगी-हेल्लो चोक बुधवारे- महानन्द सडक, देउनिया –मिलनचोक- धौराली चोक- बुधवारे, पुलचोक शहीद राम प्रधान मार्ग, भोटेटार- इलामको तीनघरे जोड्ने मार्ग, बुधवारे प्रगतिटोल हात्तीसुडे कृषि सडक स्तरोन्नति गरिनेछ ।
- बिर्तामोड तथा अर्जुनधारा नगरपालिका भित्र सबै वडाहरुलाई जोड्ने गरी चक्रपथ निर्माणको सुरुवात गरिनेछ साथै बिर्तामोड बजार भित्रका स-साना टोल जोड्ने सडकहरुमा ब्लक बिछयाईनेछ ।
आवास तथा सार्वजानिक निर्माण
- भूमिहीन र अव्यवस्थित बसोवास भएकानागरिकहरुलाई स्थायी बसोवासको व्यवस्था गरिने छ ।
- जनता आवास कार्यक्रम मार्फत विपन्न नागरिकहरुका लागि आवासको व्यवस्था गरिनेछ ।
- ऐतिहासिक पुरानो शनिश्चरे बजारलाई आधुनिक बजारमा स्तरोन्नततिगरिनेछ ।
- लक्ष्मीपुर, घैलाडुब्बा, गरामुनि, शनिश्चरे लगायत अन्य आवश्यक क्षेत्रहरुमा ढल निकासको व्यवस्था गरिनेछ ।
- बिर्तामोड,लक्ष्मीपुर, बुधवारे, खुदुनावारी तथा शनिश्चरे बजारमा शीत भण्डार निर्माण गर्न आवश्यक प्रबन्ध मिलाइनेछ ।बुधवारेमा बृहत कृषि एवम् सब्जी मण्डी सहितको कृषि थोक बजार निर्माण गरिनेछ।
सिंचाईः
- यो क्षेत्र अन्तरगतका ४ वटा स्थानीय तहहरु (बिर्तामोड, कानकाई, अर्जुनधारार बुद्धशान्ति) मा व्यवसायिक रुपमा धान उत्पादन क्षेत्रहरु पहिचान गरी सिंचाईको लागि डिप वोरिङको व्यवस्था गरिनेछ।
विद्युत तथा वैकल्पिक उर्जा
- यो क्षेत्रका सबै घरधुरीमा विद्युतको पहुँच स्थापित गरिनेछ ।
- मुख्य मुख्य सडकहरुमा सडक बत्तीको व्यवस्था गरिनेछ । संभावित सुरक्षा जोखीम रहेका क्षेत्रहरुमा CCTV जडान गरिनेछ भने विजुलीका पोलमा रहेका अव्यवस्थित तार तथा केवललाई व्यवस्थित गरिनेछ ।
- विद्युत खपतलाई बढाउन तथा ग्यासको प्रयोगलाई घटाउनका लागि विद्युतीय चुल्होहरुमा विशेष अनुदान दिने राष्ट्रिय स्तरमा नै नीति बनाउनका लागि विशेष पहल गरिनेछ ।
सूचना तथा संचार प्रविधि
- टेलीफोन नेटवर्क नटिप्ने सबै क्षेत्रहरु पहिचान गरी सेवाबिस्तार गरिनेछ । सार्वजानिक बजार क्षेत्रमा free Wi-Fi सेवा संचालन गरिनेछ।
- सबै सामुदायिक विद्यालयहरुमा इन्टरनेट, ई- लाइब्रेरी सेवा उपलव्ध गराइनेछ ।साथै आधुनिक संचार प्रविधिहरुको प्रयोग गरी अध्ययन अध्यापन गर्ने व्यवस्था मिलाइनेछ ।
वन तथा जैविक विविधता
- राज्य नियन्त्रित वनको सुरक्षा संवर्द्धन गरी सर्वसाधारणलाई काठजन्य वन पैदावारको व्यवस्थित रुपमा उपलब्ध गराइनेछ। गैरकाष्ठ वन पैदावारमा आधारित उद्यम व्यवसाय (टपरी झाडु ) संचालनमा विशेष जोड दिइनेछ ।
- वन्यजन्तुहरुबाट हुनसक्ने संभावित क्षति न्यूनीकरण गर्न जङ्गल क्षेत्रमै वन्यजन्तुका आहारसँगसम्बन्धित घाँस तथा फलफूलका बिरुवा लगाउन तथा पानीको लागि पोखरी व्यवस्थापनसँग सम्बन्धित विशेष कार्यक्रम संचालन गरिनेछ।
- जंगली हात्तीबाट हुने विनासलाई न्यूनीकरण गर्न हात्ती प्रभावित क्षेत्रमा सोलार पोल बत्ती र सोलार फेन्सिङ बिस्तार गर्ने ।
- वन्यजन्तुको चोरी शिकारीलाई नियन्त्रण गर्न लोपोन्मुख चरा तथा जनवारको वासस्थान संरक्षण गरिनेछ।
भू तथा जलाधार व्यवस्थापन
- टाङटिङ, बिरिङ,फुलमती, सुखानी, हडिया, देउननिया, अदुवा, हर्चना, भुतेनी, घाग्रा, भुसुडी, नेते, दहिझोडा,राते, पगला हिले,फुलवासार दामा लगायतका नदी खोलाहरुको कटान नियन्त्रण गर्न तटबन्ध आयोजनाहरु क्रमश सञ्चालन गर्दै लगिनेछ ।
- नदी कटान क्षेत्रहरुमा बायो इन्जिनियरिङका लागि बाँस तथा वावियोरोपण गरी भू – क्षयलाई नियन्त्रण गरिनेछ साथै उक्त कार्यका लागि स्थानीय समुदाय परिचालन गरी रोजगारीका अवसर सृजना गरिनेछ ।
- बिरिङ खोला तथा अदुवा खोला कोरिडर सडक निर्माण गरी पर्यटन व्यवसायसँग जोडिनेछ ।
वातावरण तथा स्वच्छता
- फोहोरको प्रमुख श्रोत प्लास्टिक झोला प्रयोगलाई कम गर्दै लगिनेछ ।प्याकेट फुड लगायत खैनी सुर्ती गुट्खा लगायतका खोल र पानीका बोतलहरु जथाभावी नफाल्नका लागि आवश्यक सचेतनामूलककार्यक्रमहरु संचालन गरिनेछ ।
- सडक विद्यालय तथा सार्वजानिक क्षेत्रहरुमा फलफूलका वृक्षारोपण कार्यक्रम संचालन गरिनेछ ।
विपद् व्यवस्थापन
- आपतकालीन उद्धारका लागि दमकल एम्वुलेन्स तथा दक्ष जनशक्तिको व्यवस्था चौविसै घण्टा उपलव्ध हुने कुराको सुनिश्चितता गरिनेछ । उद्धार उपकरणहरुको अभाव हुन नदिन रेडक्रस, स्काउट तथा छिमेकी स्थानीय तहहरु रसुरक्षा निकायहरुसँग नियमित समन्वयको व्यवस्था मिलाइनेछ ।
- ढुंगा गिट्टि बालुवा लगायत अन्य प्राकृतिक श्रोतको उपभोग गर्दा EIA तथा IEE ले तोके भन्दा बढी निकाल्ने प्रवृत्तिको पूर्ण रुपमा अन्त्य गरिनेछ ।
- भवन निर्माण संहितालाई कडाइका साथ लागु गर्दै भौतिक पूर्वाधारको निर्माण गर्दा वातावरण मैत्री बनाइनेछ ।
- विपद् व्यवस्थापन सम्बन्धी चेतनामूलक कार्यक्रम संचालन गरी जनमानसमा विपद् पूर्वतयारी, उद्धार तथा पुनर्स्थापनाका लागि युवा स्वयम् सेवक टोली तथा उद्धार टोली व्यवस्था गरी क्षमता अभिवृद्धि गरिनेछ ।
- विपद् व्यवस्थापन कोष स्थापना गरी उद्धार तथा राहतका कार्यक्रमहरु संचालन गरिनेछ । विपद् पूर्वतयारी सम्बन्धी विषयवस्तुलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न पहल गरिने छ ।
सुशासन तथा जवाफदेहिता
- निर्वाचित सांसदहरुको एकीकृत सहजीकरण इकाई स्थापना गरिनेछ । यसै इकाई मार्फत विकास निर्माण तथा अन्य सेवा प्रवाहका कार्यहरु संचालनगरिनेछ ।
- स्थानीय तह अन्तरगतरका संभव भएका सेवासुविधाहरु अनलाइन मार्फत प्राप्त गर्न सकिने वातावरण सृजना गरिनेछ । जसका लागि वडा तथा सेवा केन्द्रहरुलाई भौतिक श्रोत साधन सुविधायुक्त बनाइनेछ ।
- लक्ष्मीपुर बजारमा वडा प्रहरी कार्यालय स्थापना गर्न आवश्यक प्रबन्ध गरिनेछ ।बुधवारे इलाका प्रहरी कार्यालय तथा शनिश्चरे प्रहरी चौकीलाई स्तरोनन्ति गरिनेछ । अर्जुनधारा १० कालिझोडामा प्रहरी बीट राख्नका लागि आवश्यक प्रबन्ध मिलाइनेछ ।
- बिर्तामोडलाई स्वास्थ्य, शिक्षा र व्यापारको हव बनाउनका लागि विशेषज्ञहरुको परामर्शमा १० वर्षे गुरुयोजना बनाइनेछ ।
- बिर्तामोड स्थित कृषि थोक बजारलाई प्रभावकारी रुपमा संचालन गर्न आवश्यक सहयोग गरिनेछ ।
- युवा वैज्ञानिकहरुका अनुसन्धान क्षेत्रका रुपमा यो क्षेत्रलाई उपयोग गराई उनीहरुको सीपलाई अधिकतम उपयोग गरिनेछ ।
नेपालमा “विकास” को पर्यायको रुपमा स्थापित हाम्रो प्यारो पार्टी नेकपा एमालेको बढ्दो लोकप्रियताबाट अतालिएका दलहरुले कथित गठबन्धन बनाएर सामूहिक आक्रमणको प्रयास गरिरहेका छन्। यो बेला देशका लागि एमालेले जित्नुआवश्यक छ भन्ने कुरा स्मरण गराउदैकथित गठबन्धनका विरुद्धमा एमाले राप्रपा सहकार्य काफि छ भन्ने कुरा प्रमाणित गर्नका लागि आगामी २०७९ साल मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाकोप्रत्यक्ष तथा समानुपातिक निर्वाचनमा “सूर्य” चिन्हमा आफ्नो अमूल्य मतदान गरी देश निर्माणको महायज्ञमा सरिक भइदिनुहुन झापा जिल्ला क्षेत्र नं २ का सम्पूर्ण मतदाता आमाबुबा दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछौ ।
माथि उल्लेखित भावि प्रतिबद्धता बिगतमा प्रारम्भ भई निर्माण सम्पन्न गर्न बाकि कार्यहरु सम्पन्न गर्ने अठोटका साथ आएका हुन् | जुन प्रतिबद्धता पूरा हुने विश्वास तपसिल बमोजिमका नेकपा एमालेका जनप्रतिनिधिहरु मार्फत ५ वर्षमा भएका प्रगतिका झलकहरुले पुष्टि गर्दछ |
- सडक तर्फ
बिर्तामोड | बुद्धशान्ति
(वडा न. १,२,३ ) |
अर्जुनधारा | कनकाई
(वडा न. ८ र ९ ) |
|
कालोपत्रे | ६९ कि.मि | २० कि.मि. | २७.२५ कि.मि | ४९.५ किमि |
पेवार्स तथा ब्लक | १७ कि.मि | ३ कि.मि. | ||
ग्राभेल | २२५ कि.मि | १२० कि.मि. | २०७ कि.मि | |
निर्माणाधीन | १२४.२६ कि.मि | |||
भद्रपुर ४ लेनको १२ किमि सडक निर्माणाधीन | ||||
कनकाईमा ४९.५ किमि कालोपत्रे, घैलाडुब्बा-लक्ष्मीपुर सडक, कनकाई ९ सुकुम्बासी गाउँ जाने बाटो स्तरोन्नति, निकासी मार्ग र बागेड़ागी सडक कालोपत्रे, घैलाडुब्बा बजार सडक कालोपत्रे, लक्ष्मीपुर देखि शितल चोक सम्मकोरिंगरोडनिर्माणाधीन | ||||
खालबारी-बारघरे-स्कुल डाडा सम्म ४ किमी कालोपत्रे, बुद्धशान्ति मदन भण्डारी मार्ग कालोपत्रे, साठीमुरे सडक कालोपत्रे,
बुट्टाबारी-पग्लीभट्टी ६ किमी निर्माण चरणमा, मदनपुर-साधुटार सडक कालोपत्रे, गरामुनी-भुषावाडी सडक निर्माणाधीन, |
||||
बुट्टाबारी -कालिस्थान, मंगलमणि धाइजन जोड्ने सडकको लागी १.९४ करोड विनियोजन | ||||
लक्ष्मीपुर-कप्तान्वारी तथा कन्चनवारी फुलमती सडक स्तरोन्नतिका लागि १.९४ करोड विनियोजन | ||||
फाल्गुनन्द चोक-बेल्टार तथा दाहालटार साठीमुरे सडक स्तरोन्नतिका लागु ९७ लाख विनियोजन | ||||
शनिश्चरे- कालिस्थान-चुथाई सडक स्तरोन्नतिका लागि १ करोड | ||||
चिसापानी सहरेडाँगी सडक स्तरोन्नतिका लागि ५० लाख | ||||
अर्जुनधारा विभूति सडक रु १ करोड २८ लाख, अर्जुनधारा-हाटखोला-सशस्त्र क्यापम १ करोड
पन्चवाडी- गोकुल जोशी मार्ग १.६५ करोड अनुदान प्राप्त |
- पूर्वाधार विकास
बिर्तामोड | अर्जुनधारा | कनकाई
(वडा न. ८ र ९ ) |
|
फलामे झुलुंगे पुल | ७ फलामे, १ झुलुंगे | ६ झुलुंगे | |
-टाङटिङ गोयांग साहासी वस्ती झोलुङ्गे पुल, रातेखोला झोलुङ्गे पुल घाग्रा खोला ट्रस पुल, भुतेनी खोलामा झोलुङ्गे पुल, बिर्तामोड भद्रपुर जोड्ने झुलुंगे पुल, हडिया खोला धारा गोला झुलुंगे पुल, टाङटिङ झुलुंगे पुल ७२ लाख | |||
पुल/कल्भर्ट | १२० पुल कल्भर्ट | १२३ पुल कल्भर्ट | |
स्टाफ चोक जोड्ने हिले खोला पुल निर्माणाधीन, चम्पापुर-घैलाडुब्बा जोड्ने पुल निर्माणका लागि सर्वेक्षण सम्पन्न
खुदुनावारी-बिरिंग खोला पुल निर्माणाधीन, कैदले साहासी बस्ती टाङटिङ पुल निर्माणाधीन, खालबारी रेखा पुल निर्माण, अर्जुनधरा ठुलो नेते खोलामा पक्कि पुल प्रस्तावित, रातेखाल पुल ४८ लाख, कालीझोडा सेती पुल ५४ लाख, अर्जुनधारा-बिर्तामोडका विभिन्न पुलका लागि १ करोड ६० लाख |
|||
भवन निर्माण | १०७ भवन | सबै वार्डमा आफ्नै भवन स्वास्थ चौकी निर्माणाधीन, १३ सामुदायिक भवन | ८ र ९ वार्डमा १० भन्दा बढी भवन निर्माण |
बिर्ता बजार कृषि भवन १.३० करोड, कनकाईमा कबर्ड हल, प्रहरीकार्यालय भवनको निर्माण | |||
हेम पाइप | २५०० थान | १००० थान | |
विधुत विस्तार | ३९.४ कि.मि. विस्तार | ||
नदि नियन्त्रण | ९ कि मि नदी तटबन्ध | ||
बिरिङ नदी प्रणाली व्यवस्थापनका लागि १ करोड ८५ लाख लागानी,
देउनिया पुल उतर नदि नियन्त्रण १ करोड, घाग्रा नदी तटबन्धन बिरिङ नादी नियन्त्रण ३.५० करोड, चौरासे टाङटिङ खोला तटबन्ध रु १० लाख, हडिया खोला नदी नियन्त्रण |
|||
सडक बत्ति तथा सिसिटिभी जडान | ६५ थान सिसिटिभी | ||
अन्य | ३७ परिवारलाई आधारभूत घर निर्माण , विपन्न आवास ६०५ घर हस्तान्तरण, १६२ विपन्न परिवारको फुसको छाना हटाएर जस्ता पाता | औद्योगिक ग्राम, जनता आवास ४० घर, २१६ विपन्न परिवारको फुसको छाना हटाएर जस्ता पाता |
- शिक्षा तर्फ
बिर्तामोड | अर्जुनधारा | ||
विद्यालय भवन | १२ विद्यालयमा कोठा थप,
एक प्राविधिक धारको सामुदायिक विद्यालयको व्यवस्था |
१४ विद्यालयमा कोठा थप
|
|
ल्याव | १२ विद्यालयमा ICT र ८ मा विज्ञान ल्याव, १८ लाई laptop,
४० कक्षाकोठा प्रविधिमैत्री |
१४ विद्यालयमा ICT उपकरण जडान | |
मर्मत | खाजा घर ९ नयाँ र ६ मर्मत | २० विद्यालय मर्मत तथा रंगरोगन | |
शौचालय र पानी | १८ विद्यालयमा फिल्टर प्लान्ट,
५ नयाँ र १३ पुराना शौचालय मर्मत |
||
अपाङ्गता भएका लागि | ३ अटिजम केन्द्र, अपाङ्गता भएका विद्यार्थीहरुलाई सीपमूलक तालिम | ||
अन्य | १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम,
करिव ४ हजार विद्यार्थीलाई पोशाक वितरण, विद्यालयमा सेनेटरी प्याडको व्यवस्था |
||
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बिर्तामोडका सामुदायिक विद्यालयमा १.२० करोड, अर्जुनाधारामा २ करोड ११ लाख ५० हजार , कन्काईमा ३६ लाख र बुद्धशान्तिमा ६० लाख ५० हजार |
हिमाली मावि भवन निर्माण, IT र विज्ञान ल्याव स्थापना , कनकाईमा प्राविधिक शिक्षा संचालन शनिश्चरे मावि भवन निर्माण ४२ लाख, विद्यालय सुधार आयोजना: अर्जुनधारा ५ मा १.८७ करोड, अर्जुनधारा ११ मा १.०४ करोड, अर्जुनधारा जनता मावि र भानु माविका भवन निर्माणका लागु १ करोड ३० लाख विनियोजन |
- युवा तथा खेलकुद
बिर्तामोड२ खेल मैदान निर्माण, नगरहरुमानगर खेलकुद आयोजना, ५०० जनालाई लघु उद्यम तालिम,३०० जनालाई लघु उद्यम उपकरण |
- कृषि तथा पशु विकास तर्फ
बिर्तामोड | अर्जुनधारा | |
सिंचाई | ५३७ मोटर वितरण , ६ करोडको लागतमा देउनिया सिचाई आयोजना | १०२ साना सिंचाई वितरण, २१७ हेक्टर सिचाई विस्तार |
बिर्तामोड, अर्जुनधारा, बुद्धशान्ति र कनकाईमा डिप बोरिंगको लागि रु ९.०८ करोड लगानी
पावर ड्रिल स्यालो ट्युवेलका लागि ३.८७ करोड, एकीकृत बिरिंग खोला आयोजना १ करोड विनियोजन कनकाईमा२ स्थान डिप बोरिंग, ५ थान अटोमेटिक पावर ड्रिल |
||
कृषि मेसिनरी | ८ पावर टेलर, ९० मकै छोडाउने, १७ धान काट्ने, ८ चिया टिप्ने, ९ मिनी टेलर | १६ मकै छोडाउने, ३ हाते ट्याक्टर, 5 धान झार्ने, १ मिनी टिलर |
मल | २५ टन कृषि चुन | |
अनुदान | च्याउ र धान उत्पादक कृषकलाई अनुदान | ६ वटा समूह निर्माण गरी कार्यक्रम संचालन |
अन्य | १ लाख ३८ हजार फलफूल बिरुवा, १३८ स्प्रे टंकी, ५० लाख बजार भवन | वार्डहरुमा कुनै एक खाद्यको पकेट जोन स्थापना, ३ दुग्ध चिस्यान |
पशु | ११ माछा पोखरी, दुग्ध चिसान, मौरी पालक कृषकलाई अनुदान | ८० हजार पशुको निशुल्क उपचार, ८ हजार उन्नत जातको वोयर पाठापाठी उत्पादन,३० युवा व्यावसायी मार्फत बंगुर विकास कार्यक्रम,गरिवी निवारण महिला आदिवासी सीमान्तकृत परिवारलाई १/१ बाख्रा वंगुर वितरण |
६.स्वास्थ्य तर्फ
बिर्तामोड | अर्जुनधारा | |
अस्पताल/स्वास्थ्य केन्द्र | सबै वार्डमा स्वास्थ केन्द्र | सबै वार्डमा आधारभूत स्वास्थ्य केन्द्र |
विमा | ४००० विपन्न परिवारलाई बिमा | |
जेष्ठ नागरिक | निशुल्क सुगर प्रेसर परीक्षण र औषधि | सबै वार्डमा निशुल्क सुगर प्रेसरको औषधि |
महिला बालबालिका | गर्भवती महिलाको निशुल्क चेकअप र निशुल्क बर्थिंङ सेन्टर | गर्भवती महिलाको निशुल्क चेकअप |
अन्य | बिर्तामोड अस्पतालमा ६ डायलाईसिस मेशिन जडान, पाठेघरको मुखको क्यान्सर परीक्षण मेशिन जडान | पालिकाको ३ वटा एम्बुलेन्स सेवा |
स्वास्थ तथा जनसंख्या मन्त्रालयबाट अर्जुनधारामा २.७६ करोड, कनकाईमा १.९२ करोड, बिर्तामोड ५.७९ करोड र बुद्धशान्तिमा १.८८ करोड विनियोजन | |
७. पर्यटकीय विकास
बिर्तामोड | बुद्धशान्ति (वडा न. १,२,३ ) | अर्जुनधारा | कनकाई (वडा न. ८ र ९ ) |
विराटपोखरी | लक्ष्मीनारायण मन्दिर | ३ वातावरण मैत्री पार्क, | कोच सांस्कृतिक केन्द्र भवन |
सदुमधु पोखरी | राधाकृष्ण मन्दिर | सुखानी सहादत स्थल | सन्थाल भवन |
सहिद नेत्र पार्क | प्रणामी मन्दिर | सहिद पार्क | |
गरामनी-दुर्गा शक्ति पिठ | प्रथाम सुपारी रोपन कमलाधाम(साविक बुधवारे ५) | कैदले पर्या-पर्यटन | कनकाई रमणीय पार्क स्तरोन्नति ८० लाख |
काली मन्दिर विर्ता बजार | काली खोला पर्यटन | ||
जम्मा रु. २.५ करोड |
८.खानेपानी सरसफाई तथा फोहोरमैला व्यवस्थापन
बिर्तामोड | अर्जुनधारा | ||
गोबर ग्यास प्लान्ट | ३५१ थान ग्यास प्लान्ट | ||
डम्पिंग साइट | १ डम्पिंग साइट | ||
ड्रेन/नाली | २५ कि.मि | ५ कि.मि ढल | |
खानेपानी विस्तारको लागि अर्जुनधारामा १.३० करोड लगानी, अर्जुनधारा बृहत खानेपानीका लागि १.५० करोड विनियोजन, प्रदेशद्वारा अर्जुनधारामा खानेपानीका लागि १.३६ करोड विनियोजन
बिर्तामोड न पा.मा ढल ८.६४ करोडमा सम्पन्न | कनकाईमा खानेपानी आयोजना निर्माणाधीन | बेलटार सुब्बा नहर, कैदले खानेपानी आयोजना, कनकाई लक्ष्मीपुर चोक नाला निर्माण | |
|||
धन्यवाद ।
Comments