Sajhamanch Archive

मदरसा र मस्जिद संरक्षण तथा स्तरोन्नति एमालेको प्राथमकितामा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ मा रहेका मदरसाहरुको स्तरोन्नतिमा निरन्तर लागिपर्ने नेकपा एमालेका तर्फबाट झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले आश्वासन दिएका छन् ।

चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा घिमिरेले एमालेको सरकार आए यो क्षेत्रका सम्पूर्ण समस्याको समाधान गरिनेसमेत प्रतिवद्वता जाहेर गरे ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्जसमेत रहेका घिमिरेले बिर्तामोड नगरपालिका र ७ नम्बर वडामा एमालेको सरकार आउँदा मात्रै पनि मदरसा र मस्जिदका लागि ११ लाखभन्दा बढी रकम छुट्याएको स्मरण गराए ।

सो कोणसभामा नेकपा एमालेका तर्पmबाट झापा क्षेत्र नं. २ प्रदेश सभा २ का उम्मेदवार एकराज कार्कीले यस क्षत्रका समस्याको बारेमा आफू जानकार रहेको बताए । आफूले मदरसा र मस्जिदका लागि धेरै काम गरेको र अब पनि त्यस्ता कामलाई निरन्तरता दिने कार्कीको भनाई छ ।

विद्युत विस्तार, बाटो निर्माण लगायतका लागि रातो कितावमा बजेट परिसकेकोले चुनाव पछि लगत्तै काम सुरु हुने उनको भनाई छ । झापामा नेकपा एमाले र राप्रपाबीचको तालमेल रहेको र यी दुवै पार्टीले सबै धर्मलाई सँगसँगै लिएर जाने बताए ।

नेकपा एमाले सुखी नेपाली समृद्व नेपाल बनाउने अभियानमा रहेकाले सबै भाषा, धर्म र संस्कृतिको विकास गर्ने कुरामा लागि पर्ने प्रतिवद्धतासमेत जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *