Sajhamanch Archive

विपन्न परिवारलाई किटनाशक झुल वितरण गर्दै बुधबारे जेसीज

Published: in लोकप्रिय, समाज, स्थानीय तह by .

बुधबारे । पछिल्लो समय डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ। डेंगुले हालसम्म दर्जनौँ मानिसको ज्यानसमेत लिइसकेको छ । डेंगु संक्रमणको जोखिम बढ्दै गएको सन्दर्भमा बुधबारे जेसीजले डेंगु संक्रमण हुनसक्ने सम्भावित क्षेत्रहरुमा गरिव तथा विपन्न परिवारलाई किटनाशक झुल वितरण कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।

केही दिन अघि बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का १५० भन्दा बढी घर परिवारलाई किटनाशक झुल वितरण गरेको थियो । आज शनिबारसमेत बुद्धशान्ति ३ पुलचोक छेउ किराना बस्तीका विपन्न ७५ घर परिवारलाई किटनाशक झुल वितरण गरिएको बुधबारे जेसीज वर्ष २०२२ का अध्यक्ष मुकेश भट्टराईले बताएका छन् ।

उनले बुधबारे जेसीजका पदाधिकारीको जन्मदिनको अवसर पारेर ‘जन्मदिन खास दिन’ कार्यक्रम अन्तर्गत विभिन्न गतिविधि सञ्चालन हुँदै आएकासमेत सुनाए ।

यतिबेला देशभर डेंगु संक्रमण बढेकाले सचेतना स्वरुप झुल वितरण कार्यक्रम गरिएको कार्यक्रम संयोजक दुर्योधन देव सिंहले बताएका छन् । बुधबारे जेसीजका सदस्य दुर्योधन देव सिंहको जन्मदिनको अवसर पारेर झुल वितरण गरिएको कार्यक्रमका सञ्चालक तथा महासचिव अर्जुन ढकालले बताए ।

सो अवसरमा बुधबारे जेसीजका पूर्वअध्यक्ष नन्दुयाफु राईले बर्ष भरिको आम्दानीबाट बचाएको रकमलाई आफ्नो जन्मदिनको अवसरमा खर्च गर्ने जेसीजको अभियान रहेको जानकारी दिए । उनले स्थापनाकालदेखि नै आफ्ना कार्यक्रम मार्फत बुधबारे जेसीजले समाजमा टेवा पुर्याइरहेको स्मरण गराए ।

कार्यक्रममा बुधबारे जेसीजका कोषाध्यक्ष बिनोद रिजालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *