परमादेशी सरकार हटाउने उपयुक्त दिन मंसिर ४ : एकराज कार्की
Published:
by .बिर्तामोड । झापा क्षेत्र नं। २ (१) का उम्मेदवार एकराज कार्कीले मंसिर ४ पछि जनताको सरकार बन्ने बताएका छन् । उनले परमादेशको सरकार हटाउने उपयुक्त दिन नै मंसिर ४ भएको बताए ।
आज बिर्तामोड वडा नं। ३ का विभिन्न स्थानमा आयोजित चुनावी घरदैलो अभियानलाई सम्बोधन गर्दै जनताको सरकार बनाउन एमालेलाई विजयी गराउनुपर्ने धारणा राखे । नेकपा एमालेको नेतृत्वमा गाउँदेखि शहरसम्म विकासको लहर चलिरहेको बेला केपी ओली सरकारलाई परमादेशबाट हटाइएको कार्कीको भनाई छ ।
प्रदेश सभा सदस्य उम्मेदवार कार्कीले एमालेको सरकार हटाएपछि परमादेशबाट बनेको सरकारले सबै विकासका काम ठप्प बनाएको बताए ।
नेता कार्कीले बिर्तामोडको विकास हेरेर मूल्याङ्कन गर्न आग्रह समेत गरेका छन् । जनतासँगको सहकार्यमा सडकहरुमा पेवर्स लगाइएको छ, कार्कीले भने, यहाँ सडक सञ्जालको ठूलो दुःख छैन, विस्तारै सबै सडकहरुमा पेवर्स र कालोपत्रे हुनेछ ।
एमाले नेता कार्कीले बिर्तामोड नगरपालिकामा मात्रै वर्तमान गठबन्धन सरकारले १५ वटा सडक निर्माण योजना कटौती गरेको बताए । जहाँजहाँ सडकको दुःख छ, त्यो सडक निर्माण रोक्ने शेरबहादुर देउवाको गठबन्धन सरकार हो, उनले थपे– कटौती नगरेको भए एक वर्षभित्र सबै सडक निर्माण सम्पन्न हुने थियो ।
मंसिर ४ मा एमालेलाई विजयी गराएपछि बाँकी विकासका कामहरुलाई तिब्र गतिमा अघि बढाउने कार्कीले प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।
https://www.facebook.com/stories/1230153680421747/UzpfSVNDOjUxMzk3NzgyNzI3NDM1MA==/?view_single=1&source=shared_permalink
Comments