Sajhamanch Archive

बाह्रदशीका १३४ ले माओवादी छाडे (हस्ताक्षर विवरणसहित)

Published: (Updated: ) in प्रदेश तह, राजनीति, समाज, स्थानीय तह by .

झापा । बाह्रदशी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका प्रदेश, जिल्ला, पालिका र टोल तहसम्मका नेता कार्यकर्ताले आज सामुहिक राजीनामा दिएका छन् ।

निर्वाचनको मिति नजिक आइरहेको बेला ठूलो संख्यामा माओवादीका नेता कार्यकर्ताले दिएको सामुहिक राजीनामाले गठबन्धनभित्र खैलाबैला मच्चिएको छ ।

जनयुद्धकालदेखि सक्रिय नेता कार्यकर्ताहरुले माओबादीले गन्तब्य र सिद्धान्त भुलेर कांग्रेससँग गठबन्धन गरेर अघि बढेको कारण सामुहिक राजीनामा दिएको बताएका छन् । माओवादी प्रदेश कमिटी सदस्य मर्गुव आलमसहित विभिन्न तहका सयौंको संख्याले राजीनामा दिएका हुन् ।

बाह्रदशी गाउँपालिका वडा नं. ४ र ५ का १३४ जना माओवादी नेता कार्यकताले आज राजीनामा दिएको जिल्ला सदस्य कृष्ण मोहन गौतमले जानकारी दिए ।

बाह्रदशीमा माओबादीमा पहिरो गएपछि झापा ३ मा एमालेसँग चुनावी तालमेल गरेको राप्रपाका उम्मेद्वार राजेन्द्र लिङ्देनको अवस्था थप सुदृढ भएको छ ।

सो क्षेत्रमा २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा विजयी लिङ्देन चिरपरिचित प्रतिष्पर्धी नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई दोस्रोपटक पराजित गर्ने योजनामा छन् ।

राजीनामा दिे माओवादी नेता कार्यकर्ताहरुले हस्ताक्षर गरेको नामावली :

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *