Sajhamanch Archive

भूमि आयोगका अध्यक्षमाथि छानविन हुन्छ : मुख्य निर्वाचन अधिकृत ज्ञवाली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

मेचीनगर । झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले सरकारको तलव भत्ता खाइरहेका व्यक्तिले निर्वाचन आचारसंहिता उल्लघंन गरेको पाइए कारवाही हुने बताएका छन् ।

मुख्य निर्वाचन अधिकृत ज्ञवालीले राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला, झापा अध्यक्ष तिलक पाण्डे र शिक्षक तेजप्रसाद चौलागाईले निर्वाचन आचारसंहिता उल्लघंन गरी मत प्रभावित गर्न खोजेको पुष्टि भए कारवाही हुने बताएका हुन् ।

आयोगका अध्यक्ष निरौलाले यही कात्तिक २१ गते झापाको मेचीनगरमा सुकुम्बासी र कांग्रेस कार्यकर्ताको भेला बोलाएर झापा १ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका विश्वप्रकाश शर्माको पक्षमा भोट मागेका थिए । त्यसको अडियो रेकर्ड आमसञ्चार माध्यमबाट प्रसारण भइरहेको छ भने सिङ्गो अडियो समेत सुरक्षित छ ।

उनले मेचीनगरको वडा नं. १० र १५ का साथै बुद्धशान्तिमा सुकुम्बासीको भेला आयोजना गरेर सत्ता गठबन्धन र उम्मेद्वार शर्मालाई भोट मागेका थिए ।

सरकारको सार्वजनिक पद धारण गरेको व्यक्तिबाट त्यस्तो भेटिए उम्मेदवार समेतलाई कारवाही हुने मुख्य निर्वाचन अधिकृत ज्ञवालीको भनाई छ । उनले झापा क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत टंकबहादुर महतलाई छानविन गर्न निर्देशन दिएको पनि बताएका छन् ।

सोमबार एमाले झापा क्षेत्र नम्बर १ पार्टीले पत्रकार सम्मेलन गरेर त्यसको विरोध समेत गरेको थियो । पत्रकार सम्मेलनमा प्रदेश १ का पूर्व सांसद एवम् एमाले प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनाली, पार्टीका क्षेत्रीय संयोजक टिकाराम मंग्राती लगायतले भूमि आयोगका अध्यक्ष निरौलाले निर्वाचन आचारसंहिता उल्लघंन गरेको दावी गरेका छन् ।

एमाले झापा क्षेत्र नम्बर १ ले आयोगका केन्द्रीय अध्यक्ष निरौला, उम्मेदवार शर्मा, शिक्षक चौंलागाई लगायतलाई कारवाहीको माग गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *