झापा २ मा काङ्ग्रेसले पनि एमालेलाई मत हाल्नुपर्छ : एमाले उम्मेदवार घिमिरे
Published:
by .अर्जुनधारा । झापा निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुले एमालेलाई मत दिनुपर्ने बताएका छन् । आज अर्जुनधारा नगरपालिकाको ५ नम्बर वडामा चुनाव प्रचारका क्रममा मतदाताहरुलाई सम्बोधन गर्दै घिमिरेले यस्तो आग्रह गरेका हुन् ।
विपि कोइरालाको सपना साकार पर्न र समृद्ध मुलुक बनाउन काङ्ग्रेस लगायत सबैले एमालेलाई मत हाल्नुपर्ने घिमिरेको जिकिर थियो । झापा २ मा आफ्नो पार्टीको उम्मेदवार नै नै नभएकाले कांग्रेसका नेता कार्यकर्ताहरुले एमालेलाई मतदान गरी समृद्ध मुलुक निर्माणमा सहकार्य गर्नुपर्ने घिमिरेको भनाई छ ।
काङ्ग्रेसले अवसरवादीहरुलाई मत हाल्न लगाउँदा मतदाताको अपमान हुने भन्दै घिमिरेले एमाले बाहेकका दलका उम्मेदवारलाई मत हाल्नु मुलुकको हित बिपरित हुने तर्क पनि गरेका छन् । झापा २ मा लोकतन्त्र र प्रजातन्त्र चाहने काङ्ग्रेसजनले एमालेलाई सहयोग गर्नुको विकल्प नभएको उनको धारणा थियो ।
मुलुकलाई समृद्ध बनाउन एमालेले सधैं अग्रणी भूमिका खेलिरहेका भन्दै नेता घिमिरेले पुनः मुलुक सञ्चालनको नेतृत्व एमालेले नै गर्ने पनि दावी गरे । आफू समृद्ध रास्ट्र निर्माणका लागि सधैं लागिपर्ने घिमिरेको भनाई छ ।
Comments