कर दिवसमा विभिन्न छुट योजना
Published:
by .दमक । ११औं राष्ट्रिय कर दिवस आजदेखि देशभर विभिन्न कार्यक्रम गरी सप्ताहव्यापीरुपमा मनाउन सुरु गरिएको छ । आन्तरिक राजस्व कार्यालय दमकले पनि प्रभातफेरी गरी राष्ट्रिय कर दिवस मनाउन सुरु गरेको हो ।
“स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार” भन्ने मूल नारासहित यो वर्ष कर दिवस मनाइँदैछ । कर दिवसका अवसरमा हरेक वर्ष साप्ताहिक रुपमा कार्यक्रम सञ्चालन गरिँदै आएकोमा यो वर्ष निर्वाचनका कारण साप्ताहिक रुपमा कार्यक्रम सञ्चालन गर्न सकिएन । तर पनि कार्यक्रमले सबै उद्योगी व्यवसायीलाई दर्ता गरी नियमितरुपमा कर तिर्न उत्साहित गर्ने दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँईले बताए ।
आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख कर अधिकृत लवकुमार अधिकारीले कर दिवसका अवसरमा नेपाल सरकारले विभिन्न छुट सुविधा ल्याएको जानकारी दिए । जस अन्तर्गत मिसम्याचमा परेका व्यवसायीले विशेष छुट सुविधा पाउनुका साथै आर्थिक वर्ष २०७३/०७४ देखि आर्थिक वर्ष २०७८/०७९ सम्म विवरण भर्न छुटेका व्यवसायीलाई व्याज, हर्जाना र शुल्कसमेत मिनाहा गरिएको जनाए ।
कर सप्ताहका अवसरमा माई पश्चिमका पालिका अन्तर्गत शिवसताक्षी, दमक, गौरादह, कमल र शिवगंज उद्योग वाणिज्य संघका पदाधिकारीहरु र व्यवसायीको उपस्थितिमा दमक चौकबाट सुरुभएको प्रभातफेरीले दमक बजार परिक्रमा गरेको थियो ।
Comments