Sajhamanch Archive

भोट हाल्न काठमाडौंबाट गाउँ फर्किनेहरुको संख्या बढ्दै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिंदै गर्दा काठमाडौं उपत्यकाका नाकाहरुमा गाउँ फर्किनेहरुको चहलपहल बढेको छ ।

अघिल्ला दिनको तुलनामा काठमाडौंबाट बाहिरिने यात्रुहरुको संख्या केही बढेको देखिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा गाउँ फर्किने यात्रुहरुको चहलपहल अघिल्ला दिनको तुलनामा बढी देखिएको ट्राफिक प्रहरीको विश्लेषण छ ।

कतिपय राजनीतिक दलहरुले भोट हाल्नका लागि आफ्ना समर्थकहरुलाई गाउँ ओसार्न निःशुल्क गाडीको व्यवस्था नै गरेका छन् । ती गाडीहरुमा दलका झण्डा र चुनाव चिह्न राखिएका छन् । एकजना कार्यकर्ताले सबैको नाम ठेगाना टिपेर काठमाडौंबाट गाउँ पठाइएको बताए ।

ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले कोटेश्वर, बालाजु र कलंकी क्षेत्रमा घर फर्किन चाहनेहरुको भिड देखिएको बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा ४२ हजार ६४० जना यात्रु भित्रिंदा ५८ हजार २९४ बाहिरिएको रेकर्ड रहेको जानकारी पनि दिए ।

यो संख्या आज र भोलि थप बढ्ने उनको अनुमान छ । मंसिर ४ गते हुने चुनावका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने भएकाले आज र भोलि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या अझ बढ्ने उनको भनाइ छ ।

अनलाइनखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *