मत सर्वेक्षणको विवरणप्रति राप्रपा अध्यक्ष लिङ्देनको आपत्ती
Published:
by .काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनको पूर्वसन्ध्यामा भएका मत सर्वेक्षणहरुप्रति आपत्ति जनाएको छ ।
निर्वाचनलाई प्रभावित तुल्याउने र बदनियतका साथ हचुवा र प्रायोजित ढंगले मत सर्वेक्षण भएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनले यसलाई आचारसंहिता विपरीत भएको पनि बताएका छन् ।
आज शनिबार विज्ञप्ति जारी गरी उनले भनेका छन्, ‘यस्ता कार्यहरू अविलम्ब रोक्न, सार्वजनिक गरिएका सर्वेक्षण रेकर्डबाट हटाउन र यसको प्रभावकारी अनुगमन गर्न राप्रपा निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’
Comments